बाढी पिडित सहयोगार्थ इजरायलमा देउसीभैलो कार्यक्रम सम्पन्न

Published Date: October 29, 2016

एनआइ न्युज, इजरायल ।

नेपालीहरुको दोस्रो ठुलो महान चाड  शुभ-दिपावली तथा तिहारको अवसर पारेर इजरायलबासी14877910_1347149558643517_1054297057_n नेपालीहरुले तेलअभिब स्थित लेवन्स्की खुल्ला पार्कमा  भब्य रुपमा दीपावली तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेका छन् । झापाको शिब सतासी स्थित चिल्लागडमा गत श्रावण १५,१६ मा गएको निरन्तर बर्षाका कारण आएको वाढी पहिरोवाट बिस्थापित भएका पिडित परिवारहरुको सहयोगार्थ आयोजित कार्यक्रम झापाली समाज इजरायलको आयोजना तथा इजरायलमा रहेका विभिन्न  संघ संस्थाहरुको सह-आयोजनमा गरेको  हो ।14885996_1347138015311338_450625084_n

 खुल्ला पार्कमा कार्यक्रम गरिए पनि पानसमा दिप प्रज्वलन सहित राष्ट्रियगानको धुनसँगै  औपचारिक रुपमा सुरुवात गरिएको सो कार्यक्रममा उल्लेख्य मात्रामा इजरायलबासी नेपालीहरु , इजरायल स्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु तथा  अनलाइन बेस मिडियाकर्मीहरुको आश लाग्दो उपस्थिति रहेको थियो ।

झापाली समाज इजरायलका अध्यक्ष ललित चन्द्र बजगाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै विशेष अतिथी  एनआरएनए एनसीसी इजरायलका अध्यक्ष दिपक ओलीले प्रबासमा रहेर पनि सम्पूर्ण नेपालीहरु मिलेर आफ्नो धर्म संस्कृति, संरक्षण तथा सम्बर्द्धनका लागि आफ्नो कामको बाबजुत पनि एक जुट भएर  चाडबाडहरु मनाउन पाउनु गर्वको कुरा भएको बताउदै उपस्थित सम्पूर्णलाई दिपावलीको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विभिन्न संस्कृतिक मनोरन्जनात्मक कार्यक्रम सहित देउसी भैलोको गितहरु, नृत्य तथा दीपावली पुजा गरि  प्रसाद वितरण सहित सम्पन्न  गरिएको उक्त कार्यक्रम गणेश गौतम ‘सागर ‘ ले औपचारिक कार्यक्रम संचालन गरेको थिए ।

कार्यक्रममा इजरायलमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, इजरायलमा कार्यरत नेपाली तथा नेपालीभाषी भारतियहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।14886140_1347138025311337_1796366894_n

14875314_1347138085311331_998108591_n

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...