सार्वजनिक भयो विन्ध्यवासिनी अवार्डको मनोनयन

Published Date: November 13, 2016

काठमाडौं , २७ कात्तिक

award‘सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’ विभिन्न ३१ विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी फाउन्डेसनले शुक्रबार बेलुका राजधानीमा एक समारोहबीच सो मनोनयन सार्वजनिक गरेको हो ।

यी ३१ विधाको विन्ध्यवासिनी अवार्ड आगामी २४ मंसिरमा राजधानीमा एक समारोहबीच प्रदान गरिने फाउन्डेसनका प्रबन्ध निर्देशक सुवास रेग्मीले जानकारी गराएका छन् । रेग्मीका अनुसार शुक्रबार सार्वजनिक गरिएको उत्कृष्ट पाँचको मनोनयन सूचीअन्तर्गत सर्वोत्कृष्ट गीत सुगम संगीततर्पmको मनोनयनमा ‘मरेर जल्छु…’ बाट सुरेन्द्र महर्जन ‘अमर’, ऋतु हेर्ने…, पद्मा लिंखा मगर, आँसु लुकाई…बाट करिश्मा घम, उडाइलग्यो सपना…बाट विप्लव खड्का र नदेखूँ भन्छु…गीतमा सुदीप रेग्मी परेका छन् ।

यस्तै सुगम संगीत पुरुष गायनतर्फ कथाले मागेपछि…गीतबाट सुजन तिगेला लिम्बु, ओई झुमा झुम्कावाली…गीतबाट प्रमोद खरेल, माया मैले तिमीलाई…बाट विश्व नेपाली, ऋतु हेर्ने…बाट राजेश पायल राई र नमिलेका दाँत तिम्रा…गीतबाट रूपक डोटेल मनोनयनमा परेका छन् । यस्तै सुगम संगीत महिला गायनतर्फ तिमी भन्छ्यौ भने…बाट टीका प्रसाई, आँसु लुकाई…बाट मेलिना राई, नदेखूँ भन्छु…बाट रेजिना रिमाल, मनको दैलो खोली…बाट अन्जु पन्त र निभ्नै लागेको दियो जस्तै…गीतबाट श्रीयासी चेम्जोङ लिम्बु मनोनयनमा परेका छन् ।

यता सुगम संगीततर्फ सर्वोत्कृष्ट संगीतमा आँसु लुकाई…बाट राजेश थापा, जब साँझ…बाट डीआर अटु, ओई झुमा झुम्कावाली….बाट अर्जुन पोख्रेल, गाजलु आँखा…बाट राम सिटौला र निभ्नै लागेको दियो…गीतबाट राजकुमार बगर मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट रचना सुगम संगीततर्फ  मनोनयनमा परेकाहरूमा आकाशको तारा…बाट सुरेन्द्र महर्जन ‘अमर’, मायालु मुहार…बाट रोशन भट्टराई, तिम्रो लागि…बाट विवश गोदार गुप्ता, एउटा एस्तो भिड छ…बाट योगेन्द्रमणि दाहाल र धुजाधुजा पारी…गीतबाट राजकुमार बगर रहेका छन् ।

सर्वोत्कृष्ट एल्बम सुगम संगीततर्फ ‘मुटु’बाट करिश्मा घम,  ‘अमर’बाट सुरेन्द्र महर्जन, ‘अक्षता’बाट रोशन भट्टराई, ‘स्वरान्तर’, सानुबाबु महर्जन र ‘नजर–२’बाट पद्मा लिंखा मगर मनोनयनमा परेका छन् ।

सर्वोत्कृष्ट एरेन्जर संगीत संयोजन तर्फ सुदीप सागर तिम्रो संसार…गीतबाट, सञ्जीव बराईली हिमालमा…गीतबाट, जुगल डंगोल अन्मिएर गयौ…गीतबाट, कमल सौराग तिमीसँगै जिउँछु मर्छु…गीतबाट र विजेश्वर तन्डुकार तिमीविना एक्लोपन…गीतबाट मनोनयनमा परेका छन् ।

यसै पप विधातर्फ सर्वोत्कृष्ट पप गायन पुरुषको मनोनयनमा  सुमन सरगम तिम्रो मखमली जोवन…बाट, नवीन के भट्टराई कामना…गीतबाट, बादल प्रसाई हिमालमा…गीतबाट, सीताराम पोखरेल होस आज छैन…गीतबाट र सञ्जीव प्रधान म र उनी…गीतबाट परेका छन् ।

सर्वोत्कृष्ट पप गायन महिलामा उत्कृष्ट पाँचमा मनोनीत भएका कलाकारहरूमा दुर्गा खरेल त्यो काले काले केटाले…बाट, आकांक्षा बस्याल तिमी नै खास हौ…गीतबाट, मौसमी गुरुङ, अलिअलि गर्दागर्दै…गीतबाट, श्रीया सोताङ अलि अलि…गीतबाट र सुमन गुरुङ किन किन…गीतबाट रहेका छन् ।

सर्वोत्कृष्ट संगीत पपमा जुगल डंगोल हाम्रो मिलन…बाट, कल्याण सिंह हिमालमा…बाट, कारणराज कार्की होस आज छैन…गीतबाट, कमल खत्री म गीत हँु तिम्रो…बाट र विपुल क्षत्री माया…बाट मनोनयनमा परेका छन् भने सर्वोत्कृष्ट गायन, गायक र गायिकामा दीपक लिम्बु र रजिना रिमाल तिमी मेरो…बाट, सुरेन्द्र महर्जन र मिलन आमात्य मनको ढोका…बाट, टीका प्रसाई र राजेश पायल राई हातैमा चुरा…बाट, सरोज लामा र आकांक्षा बस्याल चोखो माया…बाट तथा इन्दिरा जोशी र लक्षु निरौला गिलिन…गीतबाट मनोनयनमा परेका छन् ।

सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियोतर्फ मनोनयनमा परेकाहरूमा तिम्रो संसार…बाट सनम कठायत र वर्षा राउत, चन्द्र जस्तै मुहार…बाट दुर्गेश थापा र विन्ध्या भण्डारी,  म मरेर के भो…बाट उषा खनाल र इच्छाराम परियार,  तिमी नै आस हौ…बाट लक्की आचार्य र दिया रिजाल एवं जो विना एक पल…गीतको भिडियोबाट विमल अधिकारी र वर्षा शिवाकोटी रहेका छन् ।

सर्वोत्कृष्ट राष्ट्रिय भावनामा ओतप्रोत गीतको मनोनयनमा बलिन्द्र नेम्वाङ गौतम बुद्ध…बाट महेश आचार्य आफ्नै घर सल्काएर न्यानो…बाट, पद्मा लिंखा मगर एकताको गीत गाउँदै…बाट,  स्व. क्षेत्रप्रताप अधिकारी टोपी लाए पनि हुन्छ…बाट र डा. रञ्जित झा हाम्रो देश…बाट परेका छन् ।

सर्वोत्कृष्ट म्युजिक कम्पनीतर्फ निर्भाना टिभी नेपाल, गोर्खा चौतारी म्युजिक प्राली, एसियन म्युजिक प्राली, भावना सोलुसन र कामना म्युजिक प्रालि मनोनयनमा परेका छन् । यस्तै सर्वोत्कृष्ट मोडल दोहोरीतर्फ दुर्गेश थापा र ऋतु बोहोरा छुट्यो मायाजाल…बाट, देवेन्द्र क्षत्री र सपना साही ठकुरी  पिरतीको इतिहास…बाट रूपा कँडेल र महेन्द्र गौतम तिमी र म…बाट, विमल अधिकारी र सारिका केसी आजभन्दा भोलि माया…बाट र अञ्जली अधिकारी र शंकर बिसी उधारो माया…को भिडियोबाट मनोनयनमा परेका छन् ।

सर्वोत्कृष्ट नवप्रतिभा पप तथा सुगमतर्फ पुष्पराज बराल नौनी जस्तै…गीतबाट, सन्देश पाठक हाम्रो मिलन…बाट, सञ्जीव पराजुली झिलमिल झिलमिल…बाट, कमल सौराग कस्ती भयौ होला…बाट र  विना राई नदेखे झैं किन…बाट तथा सर्वोत्कृष्ट गीतकार महिला सुगम संगीत, आँसु लुकाई…बाट करिश्मा घम, जिन्दगीले आफैंलाई…बाट राधिका अधिकारी, तिम्रो माया…बाट बबी गुरुङ निश्चल, निभ्नै लागेको दियो…बाट लिला पुन र ऋतु हेर्ने…गीतबाट पद्मा लिंखा मगर मनोनयनमा परेका छन् ।  यस्तै दोहोरी गायक, गायिका, गीतकार, भाका, संगीतकार, चलचित्र गीत गायक, गायिका, संगीतकार, गीत मुद्रण, म्युजिक भिडियो निर्देशक, सम्पादक, छायाकारजस्ता विधाको पनि मनोनयन सार्वजनिक गरिएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...