Loading...

इतिहास रच्दै नेपालद्वारा सोलिडारिटी कपको उपाधि कब्जा (खेलको पूर्ण भिडियो सहित)

नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख दिने

Published Date: November 15, 2016

solad१५ नोभेम्वर, ऐतिहासिक जीतका साथ मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ ।
यससँगै नेपालले अन्डर–२३ सहित उपाधिको ह्याट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचालेको छ ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए । सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ । खेलमा नेपालले २० वर्षदेखिको आफ्नो प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुन्दर मौका गुमाएका थिए । नेपालले सुरुवातदेखि नै आक्रामक खेल खेलेको थियो तर थप गोल भने गर्न सकेन । त्यस्तै मकाउले पनि बराबरी गर्ने केही मौका गुमाएको थियो ।

यो जीत सँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यतिमा सीमित भएन । त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले नै जित्यो । तर ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो ।

त्यस्तै साग फुटबलमा तीनजनाबाहेक अरू यु–२३ का खेलाडीले खेल्ने प्रावधान छ । तर आज जितेको सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो । यो प्रतियोगिता यसै वर्षदेखि सुरु भएको हो ।

नेपाली खेलाडीको यो गौरबशाली जीतसँगै नेपाल सरकारले एएफसी सोलिडारिटी कप च्याम्पियन नेपाली टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । मंगलबार साँझ नै प्रधानमन्त्री पुष्प कमल दाहालले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

स्वकीय सचिव मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३ लाख दिन भनेका छन् । जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था गरिने बताएका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...