Loading...

पंगेनीको स्वरमा धरधरी रोए दर्शकहरु, रुदा रुदै नाचे पनि

Published Date: November 16, 2016

pangeniनवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवमा  गायक बद्री पंगेनी मुख्य आकर्षक बने । आफ्ना चर्चित गीतहरू सुनाएर दर्शकको मन जितेपछि उनी मेलाका आकर्षक बनेका हुन् । बिदेशीएका नेपालीहरूको पीडालाई गीतमा उतारेका गायक पंगेनीले मेलामा यस्तै गीत गाउँदा उपस्थित दर्शकको आँखा रसाए । उनले लाउ चेली सिन्धुर लाउ… गीत गाउँदा उपस्थित दर्शकहरू मध्ये बृद्धहरूले त आँसु थाम्नै सकेनन् ।

आफ्ना गीतमा बुबा आमा समानका दर्शक रोएको देखेपछि गायक पंगेनीले स्टेज तल झरेर बृद्धबृद्धाको आँसु पुछिदिए । त्यसपछि लगत्तै मञ्चमा उक्लिएर गीत गाउने क्रममा  पंगेनी स्वयमले पनि आँसु रोक्न सकेनन् । नेपाली युवाहरू बिदेशीनु परेको पिडा र घरमा बुढा आमा बुबा एक्लै बस्दाको पिडालाई गीत मार्फत सुनाउँदा बद्रीको आँखा रसाएपछि उपस्थित दर्शकले आँसु थाम्न सकेनन् ।

पहिलो गीतबाट गायक पँगेनीले दर्शकलाई रुवाए पनि त्यसपछिका गीतबाट उनले दर्शकलाई नँचाए । उनले रातो पछेउरी…, ससुरालीमा…जस्ता हिट गीत गाएर दर्शक नचाएका हुन । उनले आधा दर्जन गीतहरू गाए । कार्यक्रमको अन्तिमा गायिका उमा गिरी र गायक बद्री पंगेनीको दोहोरीमा पनि दर्शकहरू खुबै नाँचेका थिए । यसरी महोत्सबमा सोमबार बद्रीले दर्शककोमन तिजेका थिए ।

सोही महोत्सबमा गायक बद्रीसँगै गायक रमेशराज भट्टराई, दिपक खड्का, गायिका उमा गिरी, हाँस्य कलाकार दिपक थापाले पनि आफ्नो प्रस्तुतिबाट दर्शकलाई नचाउने तथा हँसाउने काम गरे ।महोत्सबमा सोमबार जस्तै मँगलबार पनि दर्शकले मनोरञ्जन लिए । मँगलबार महोत्सबमा मुख्य आकर्षक गायक पुरुर्षोत्तम न्यौपाने र जानकी तारामी मगर रहे । यी दुई कलाकारले पनि आफ्ना चर्चित गीतबाट दर्शकलाई महोत्सबमा नचाए ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...