साहित्यकार सरुभक्त श्रेष्ठको उपस्थितीमा विशेष साहित्य कार्यक्रमका विच गजलकार बस्नेतको सत्प्रयास सार्बजनिक

Published Date: November 19, 2016

एनआइ न्यूज इजरायल

15134515_10209699702662145_921873229_n     करिव १ दशक भन्दा वढि इजरायलमा रही साहित्य साधना गरिरहनुभएकी साहित्यकार तथा भगवती वस्नेको आधुनिक गजलहरुको संगालो ‘सत्प्रयास’ को विधिवत बिमोचन गरिएको छ ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रत्स्ठानका कुलपती साहित्यकार सरुभक्तको गौरवमय उपस्थितीमा  १९ नोभेम्वर शनिवार इजरायलको तेलअभिवमा आयोजित एक विशेष साहित्यिक कार्यक्रमका विच साहित्यकार सरुभक्त श्रेष्ठको हातबाट उक्त आधुनिक गजल एल्वम सत्प्रयासको बिमोचन गरिएको हो ।

15129929_10209699747823274_238841912_nअन्तराष्ट्रिय साहित्य समाज (अनेसास) इजरायल र विश्व नेपाली साहित्य महासंघको संयुक्त आयोजनामा तेलअभिवस्थित नेभेसना २० मा आयोजित  महाकवी लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती तथा साहित्यिक संवाद तथा भेटघाट कार्यक्रममा  साहित्यकार सरुभक्त श्रेष्ठ, कावा. राजदूत रामेश्वर पौडेल लगायत इजरायलमा रहेका विभिन्न संघ संस्था का प्रतिनधिहरु, साहित्यकारहरु तथा उल्येख्य साहित्यप्रेमी नेपालीहरुको उपस्थितीमा आयोजित उक्त कार्यक्रममा गजलकार वस्नेतको आधुनिक गिती एल्वम सत्प्रयासको बिमोतचन गर्नुहुदै साहित्यकार श्रेष्ठले प्रवासमा रहदा आफ्नो व्यस्त समयको वावजुध  पनि नेपाली साहित्य, गीत संगितको क्षेत्रमा गजलकार बस्नेतले पुर्याउनुभएको योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले डायस्पोरामा रहेका नेपाली साहित्यकारहरुले नेपाली भाषा तथा संगितलाई ठूलो योगदान पुर्याउदै आइरहेको बताउनुभयो ।

15151267_620323481497685_1127858332_n

गजलकार भगवती वस्तेनको शव्द रचना,  संगितकार केशव पौडेलको संगितरहेको उक्त आधुनिक गजल संग्रह सत्प्रयासमा ६ वटा गजलहरु समावेश गरिएका छन् ।  विन्दवासिनी म्युजिकले बजारमा ल्याएको सो एलव्मको प्रस्तुतकर्चाहरुमा मोहन वस्नेत, प्रतिक्षा वस्नेत र प्रयास वस्नेत रहेका छन् ।

उक्त आधुनिक गजल एल्वममा अहिलेका जल्दावल्दा गायकहरु प्रमोद खरेल, मनोजराज, केशव पौडल तथा गायिकाहरु अञ्जु पन्त, निशा देशार र मिरा रानाभाटको सुमधुर स्वर सुन्न सकिन्छ ।

कार्यक्रममा कावा राजदुत रामेश्वर पौडेल, एनआरएनए इजरायलका अध्यक्ष दिपक ओली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले आफ्नो मन्तव्य राखेका थिए भने कार्य़क्रममा उपस्थित विभिन्न साहित्यकारहरुले आफ्नो  रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको संचालन अनेसास इजरायली उपाध्यक्ष लक्ष्मी अनुरागी तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका सचिव गणेश गौतम सागरले गरेका थिए ।

15135428_10209699710382338_437988990_n

15139278_10209699705462215_1712477332_n

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...