हिन्दु जागरण इजरायल शाखाको नयाँ कार्य समिति चयन

अध्क्षयमा राम गोपाल भण्डारी

Published Date: December 6, 2016

15320339_1217151991674136_557554333_nएनआइ न्युज, इजरायल ।

लामो समयदेखि हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्धको अभियान सहित समाज सेवा र  बढ्दो  धर्म परिवर्तन लाई नियन्त्रण गर्ने हेतु स्थापित संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले संस्थाकी संयोजक नितु कार्कीको संयोजकत्वमा र सक्रिय सदस्यहरुको उपस्थितमा गत हप्ता  २८ नोभेम्बर २०१६ मा कार्य व्यस्तताका बाबजुत  स्काइप कनफेरेन्समा बसेको सो वैठकले  राम गोपाल भण्डारीको अध्यक्षतामा सर्वसम्मतीले १९ सदस्यिय नयाँ पूर्ण कार्यसमितिको  चयन गरेको छ ।

बिगत ४ बर्षदेखि कानुनीरुपमा दर्ता भएर हिन्दुत्व बचाउ अभियानमा लागि परेर जो जहाँ रहे पनि जसरी सकिन्छ एक सचेत नागरिकको हैसियतले  अभियानमा डटेर अगाडि बढ्नु पर्छ  भन्ने उद्धेश्यका साथ संस्थाका सम्पूर्ण सदस्यहरुले  पूर्ण कार्यसमिति बिना नै  आ-आफ्नो कर्तव्य निर्वाह गर्दै  आइरहेको हिन्दु जागरण नेपाल अभियान इजरायलले  यसपाली पहिलो पटक पूर्ण कार्यसमिति गठन गरेको छ ।

संस्थाको गौरवमय तेस्रो बर्श पुरा गरी चौथो बर्ष प्रवेश गरे पश्चात गठन  गरिएको सो कार्यसमिति  रामगोपाल भण्डारीको  अध्यक्षतामा  धार्मिक संस्था भएकोले संस्थागत गुरुमा भिम प्रसाद पौडेललाई  चयन गरिएको छ  भने बरिष्ठ उपाध्यक्षमा सुमित्रा भण्डारीलाई चयन गरिएको छ । त्यसै गरि उपाध्यक्षमा अन्जिता पौडेल तथा राधा बास्तोला गरि २ जनालाई चयन गरिएको छ भने संस्थाको महा -सचिबमा सुबास थापा , सचिबमा सदिक्षा कोइराला तथा  सह-सचिबमा भिम कुमारी लाफा मगरलाई चयन गरिएको छ । त्यस्तै संस्थाको कोषाध्यक्षमा  मोनिका शर्मा चयन भएकी छिन भने सह-कोषाध्यक्षमा नम्रता उप्रेतीलाई चयन गरिएको छ ।15322543_1396022390422900_1413488496_o

त्यस्तै संस्थाको संगठन संरक्षकमा नितु कार्की , संगठन प्रवक्तामा नम्रता उप्रेती , सत्संग व्यवस्थापन प्रमुखमा कोपिला देवकोटा,   सत्संग व्यवस्थापन सह-प्रमुखमा सुष्मा भट्टराईलाइ चयन गरिएको छ भने सांस्कृतिक ब्यबस्थाथापन प्रमुख युरिना उपाध्याय, सांस्कृतिक ब्यबस्थापन सह-प्रमुखमा शारदा पोख्रेललाइ चयन गरिएको छ । त्यस्सै गरि संस्थाको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सल्लाहकारहरुमा  बरिष्ट सल्लाहकार पुरुषतर्फ भक्ति सापकोटालाई चयन गरिएको छ भने महिला बरिष्ट सल्लाहकारमा कोपिला देवकोटा चयन भएको छिन । यस्तै सल्लाहकारहरुमा क्रमशः सुस्मिता चुडाल, राम ढकाल र मिना बिडारीलाई चयन गरिएको छ  ।

नयाँ कार्यसमिति गठन पश्चात ” धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्ध हाम्रो अभियान ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै हिन्दुत्व संरक्षण तथा सम्बर्द्धनमा एकजुट भइ हातेमालो गर्दै अगाडि बढ्ने प्रण गर्दै संस्थाका पदाधिकारीहरु द्वारा सपथ ग्रहण  गरिएको थियो

15401420_1396078780417261_946552908_n

15328393_1396078773750595_956102533_n

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...