प्रदेश विभाजनको विरोधमा कविता आन्दोलन

Published Date: December 12, 2016

पाल्पा, २४ मंसिर । पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्तावको विरोधमा पाल्पामा चलेको आन्दोलनमा कवि र सष्ट्राहरुले सडक कविताको माध्यमबाट विरोध प्रदर्शन गरेका छन् ।

राजनीतिक दलहरुलाई साथ दिदै तराई पहाडलाई अलग गराउन नहुने, संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने, जनता लडाउने नेताहरुलाई कारवाही गर्नुपर्ने र राजनीतिक दलका नेताहरुले राष्ट्रियतामा ध्यान दिनुपर्ने कविता बाचन गरी माग गरेका थिए ।

धवल पुस्तकालय पाल्पाको संयोजनमा ५० जना स्रष्टाहरुले सडक कविता बाचन गरी ५ नम्बर टुक्रिन नदिने उद्घोष गरेका थिए । कविहरुसंगै कलाकारहरुले सडकमै भजनकिर्तन र गीत संगीतसमेत प्रस्तुत गरेर सरकारले ल्याएको प्रस्तावको विरोध गरेका छन् ।

राजनीति दलसहित संयुक्त संघर्ष समितिले आव्हान गरेको अनिश्चितकालिन पाल्पा बन्द १० औं दिन पुग्दा जिल्लाको जनजिवन कष्टकर बनेको छ । आन्दोलनकारीले सरकारी कार्यालय घेराउ, बन्द र धर्नाले गर्दा सबै सरकारी कार्यालयको कामकाज ठप्प भएको छ ।

आन्दोलनमा उद्योगी व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारी, नागरिक समाजको सक्रिय सहभागिता रहेको छ । संयुक्त संघर्ष समितिले मंसिर २५ गतेसम्म अनिश्चिितकालिन पाल्पा बन्दलाई निरन्तरता दि“दा विद्यार्थीहरुको पठन पाठनसमेत प्रभावित बनेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...