अवैध कामदारलाई मद्दत गरेको आरोपमा लेबनानद्वारा दुई नेपाली महिलालाई देश निकाला

Published Date: December 12, 2016

 १२ डिसेम्वर – अवैधानिक नेपाली कामदारलाई सघाएको र घरेलु कामदार भएर अधिकारकर्मी बनेको आरोप लगाउँदै लेबनान सरकारले दुई नेपाली महिला कामदारलाई देश निकाला गरेको छ । देश निकालामा पर्नेमा सुजना राना र रोजी लिम्बु छन् ।

लेबनान अध्यागमनले उनीहरु दुबैलाई यसअघि नै पक्राउ गरिसकेको छ । अब उनीहरु दुबैलाई नेपाल डिपोर्ट गरिने भएका छन् । यी दुबै महिलाले लेबनानमा रहेका घरेलु कामदारहरुको हकहितका लागि काम गर्दै आएका थिए । त्यहाँ उनीहरुले नेपाली महिलाहरुको समूह ‘नारी’ को समेत स्थापना गरेका थिए ।

आरोपी महिलालाई देश निकाला गर्ने लेबनान सरकारको निर्णयलाई लिएर त्यहाँका नागरिक समाजलगायतले प्रश्न उठाएका छन् । उनीहरुलाई कानुन व्यवसायी राख्न र आफ्नो बचाउ गर्ने मौका दिनुपर्ने उनीहरुको माग छ । दोषी देखिए मात्र  देश निकाला गर्नुपर्नेमा भने उनीहरु सहमत छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...