हिन्दु जागरणको निमन्त्रणामा दार्शनिक तथा युवा गुरु चैतन्य कृष्ण इजरायल आउदै

Published Date: December 20, 2016

एन आइ न्युज, इजरायल

धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना गरिएको हिन्दु जागरण अभियान नेपालको शाखा इजरायलको विशेष निमन्त्रणामा हिन्दुत्व जागरण अभियानका अभियन्ता, दार्शनिक तथा युवा गुरु चैतन्य कृष्ण इजरायल आउने भएका छन् ।

गएका बर्षहरुमा जस्तै हिन्दु जागरण नेपाल अभियान  इजरायलले  महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा समापन (साङ्गे) को अवसरमा आययोजना गर्दै गरेको  बृहत आध्यात्मिक प्रबचन कार्यक्रममा प्रवचन् दिन गुरु चैतन्य कृष्ण इजरायल आउने भएका हुन् ।

आगामी १० फेब्रुअरी २०१७ तदनुसार बि.स.  २०७३ माघ २८ शुक्रबारका दिन इजरायलको तेलअविवमा आयोजना गरिन लागेको उक्त  कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थितीमा  दार्शनिक तथा युवा गुरु श्री चैतन्य कृष्णलाई इजरायल ल्याई इजरायलवासी नेपालीहरुलाई आघ्यात्मिक वाणी सुन्ने अवसर प्रदान गर्ने जमर्को गरिएको आयोजकले जनाएका छन्  । आयोजकले कार्यक्रम स्थल लगायतका केही आवश्यक प्रक्रियाहरुअहिले नै निर्धारण नभएता  पनि गुरु इजरायल आउन गर्नुपर्ने पहिलो चरणको सम्पूर्ण प्रक्रिया पुरा भइसकेको बताएका छन् ।

कार्यक्रममा  हिन्दु धर्मालम्वीहरुको वि्शेष धार्मिक पर्व श्री  स्वस्थानी ब्रतकथाको समापन  तथा महाशिवरात्रीको अवसरमा आयोजना गरिने  वृहत धार्मिक प्रवचन कार्यक्रम भएकोले  मौलिक धर्मालम्वीहरु हिन्दु वौद्द, किराँतहरुले पनि आध्यात्मिक लाभ लिन सकिने  बताइएको छ ।

गुरु चैतन्य कृष्णको समुपस्थितिमा हुन लागेको उक्त कार्यक्रम भब्य र सभ्य  रुपमा सफल पार्न आयोजकले इजरायल स्थित  बिभिन्न संघ संस्था , मिडियाकर्मी तथा सम्पूर्ण इजरायलबासी नेपालीहरुमा हार्दिक अपिल गर्दै   उक्त  धार्मिक अनुष्ठान कार्यक्रम सफल पार्नका निम्ति उक्त दिन कुनै पनि कार्यक्रम नराखी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ  ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...