अंग्रेजी नयाँ वर्षमा काठमाडौं उपत्यकाका कुनै पनि सडकमा स्टेज कार्यक्रम गर्न नपाइने

Published Date: December 28, 2016

काठमाडौं, १३ पुस

यो वर्ष नयाँ अंग्रेजी वर्ष आइतबारबाट सुरु हुँदैछ । आइतबार सन २०१६ सकिएर २०१७ सुरु हुँदैछ । तर प्रहरीले अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पूर्व सन्ध्यामा काठमाडौं उपत्यकाका कुनै पनि सडकमा स्टेज कार्यक्रम गर्न नदिने भएको छ । आपराधिक घटना एवं सडक दुर्घटना हुन सक्ने भन्दै उसले स्टेज कार्यक्रममा प्रतिबन्ध लगाएको हो । उपत्यकामा एकीकृत सुरक्षा योजना लागू गरेर प्रहरीले सडकमा स्टेज कार्यक्रममार्फत गरिने शुभकामना आदानप्रदानमा प्रतिबन्ध लगाएको हो । जसअनुसार आउँदो शनिबार र आइतबार सडकमा कुनै पनि कार्यक्रम गर्न पाइने छैन ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका डीआईजी प्रकाश अर्यालले सुरक्षा संवेदनशील मानेको क्षेत्रमा कुनै पनि स्टेज कार्यक्रम गर्न नदिने बताए । उनले अपराध र दुर्घटनामुक्त उपत्यका बनाउने उद्देश्यले एकिकृत सुरक्षा योजना लाग बताए । चाडपर्वका नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागू पदार्थ सेवन गर्ने हुनाले सडक स्टेज कार्यक्रममा प्रतिबन्ध लगाइएको बताए ।

यी दुई दिन प्रहरीले उपत्यकामा २ हजार प्रहरी खटाउने भएको । साथै १ सय १५ स्थानमा सवारी साधनहरुको जाँच गरिने भएको छ । सुरक्षा सम्बन्धी कुनै सुझाव एवं गुनासो भए प्रहरीको आकस्मिक नम्बर १००, १०३ मा फोन र ९८५१२९५१०० मा एसएमएसद्वारा सम्पर्क राख्न समेत महाशाखाले अनुरोध गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...