Loading...

नेपाली टिमद्वारा माल्दिभ्स विरुद्ध गोलको वर्षा, माल्दिभ्स ९–० ले पराजित

सावित्रा भण्डारीले गरिन् ५ गोल

Published Date: December 28, 2016

चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत टीम नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । भारतको सिलगुडीमा १३ पुसमा सम्पन्न खेलमा नेपालका विशाल अन्तरको दोस्रो जित निकालेको हो ।

लगातार तीन पटक उपविजेता रहेको टीम नेपालका लागि सावित्रा भण्डारीले पाँच गोल गरिन । समूह ए रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गर्दा भण्डारीले दोहोरो ह्याटिक पुरा गरेकी थिइन् ।
अनिता बस्नेत, सपना लामा, निर्मला बिक र हिराकुमारी भुजेलले एक–एक गोल गरेकी छन् ।

यस अघि अस्ति भएको खेलमा नेपालले भुटानलाई ८–० गोलको विशाल अन्तरले पराजित गरेको  थियो ।

नेपालले अर्को खेल श्रीलंकासँग खेल्नेछ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...