हिन्दु राष्ट्रको माग गर्दै इजरायल भ्रमणमा रहेका सामान्य प्रशासन मन्त्री वुढाथोकीलाई ज्ञापनपत्र पेश (भिडियो सहित)

Published Date: January 2, 2017

 एनआइन्यूज इजरायल

पछिल्लो समयमा नेपालमा विभिन्न प्रलोभनमा पारी  धर्म परिवर्तन गराउने क्रम बढेको र मुलुकलाई पुन हिन्दु राष्ट्र कायम गरियोस् भन्दै इजरायलमा रहेर लामो समयदेखि इजरायलमा धार्मिक गतिविधिहरु गर्दै आइरहेको  धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले पार्टीगत भ्रमणको क्रममा इजरायलमा रहेका नेपाल सरकारका सामान्य प्रशासन मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य केशव कुमार वुढाथोकीलाई ज्ञापनपत्र वुझाएको छ ।

 नेपाली काँग्रेसको इजरायलस्थित प्रवासी संगठन जनसम्पर्क समिति इजरायलको पहिलो अधिवेशनमा सहभागिता जनाउन इजरायल भ्रमणमा रहेका मन्त्री वुढाथोकीलाई गत ३० डिसेम्वर शुक्रवार जनसम्पर्क समिति इजरायलको अधिवेशनका क्रममा हिन्दु जागरण अभियान इजरायलका अध्यक्ष  राम गोपाल भण्डारी लगायतको हिन्दु जागरण नेपाल अभियान इजरायलको टोलीले उत्त ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

करिव ३ पेज लामो उक्त ज्ञापनपत्रमा मुलुककै ९४ प्रतिशत सनातनी तथा ओमकार परिवार सहितको हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको देशलाई कसैको माग विना नै धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको र मुलुकमा धार्मिक तथा सांस्कृतिक आक्रमण गरी धार्मिक तथा जातिय सद्भाव विथोलिएकोप्रति सम्पूर्ण आप्रवासी नेपालीहरुको असन्तुष्टि रहेको जनाउदै पछिल्लो समयमा आयातित धर्महरुबाट अन्य धर्मालम्वीहरुको कमजोरीको फाइदा उठाउदै विभिन्न प्रलोभनमा पारी धार्मिक आस्थामाथि व्यापार गरेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराउदै मन्त्री वुथाथोकीलाई दवावमुलक ज्ञापनपत्र पेश गरिएको हो ।

ज्ञापनपत्रमा अभियानले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र वनाइए पश्चात विभिन्न सहयोगको नाममा  गाउँ गाउँमा आइएनजीओ  एनजीओको नाउँमा मेशिनरीहरुले विभिन्न  चर्चहरुबाट जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यलाई तिब्रता दिएकोप्रति सरकारको ध्यानकर्षण गराउदै नेपालका मौलिक धर्महरुको रक्षाका खातिर नेेपाललाई अविलम्व हिन्दु राष्ट्र नेपाल घोषणा गर्न माग गरिएको छ । त्यस्तै ज्ञापन पत्रमा नेपालको राजनितिक अस्थिरता  र रुपान्तरित संसदमा पेश गरिएको संविधान संसोधनप्रति पनि असन्तुष्टी जनाउदै धर्म निरपेक्षताको विषयमा पनि संसोधन विधेयक पेश गर्न जोडदार माग गरिएको छ ।

ज्ञापनपत्रको पूर्ण अंश :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...