Loading...

‘न्यू इअर कप 2017’ लाई मध्यनजर गर्दै तेलअभिवमा पत्रकार सम्मलेन

Published Date: January 8, 2017

एनआइ न्यूज इजरायल..

न्यू इअर 2017 को शुरुवातसँगै आयोजना गर्न लागिएको “New Year Cup Futsal Tournament-2017”  फूटवल प्रतियोगितालाई लक्षित गरी आयोजक  सेभेन स्टार फुटवल टिम इजरायलले तेलअभिवमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता र खेल तालिका बारे विस्तृत जानकारी गराएको छ ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए – एनसिसी) इजरायलको सचिवालयमा आयोजक टिमका सदस्यहरु, एनआरएनए इजरायलका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत उल्लेख्य अनलाइन वेस मिडियाकर्मीहरुको उपस्थितिमाआयोजित उक्त पत्रकार सम्मेलनमा खेलकुदस्थल, समय, खेल तालिका र पुरस्कार लगायतको बारेमा विस्तृत जानकारी दिइएको थियो ।

खेल   १३ जनवरी शुक्रवार अपह्वान ५ बजेबाट शुरुवात हुने र १४ जनवरी शनिवार विहानको ठिक ९ बजेबाट खेल शुरु गरिने बताइएको छ । तेलअभिव नजिकै रहेको रमतअभिवस्थित मिनि स्टडियमा संचालन हुने उक्त खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई  २५ सय शेकेल नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिने बताएको छ ।  त्यस्तै द्वितिय स्थान हासिल गर्ने टिमलाई एनआरएनए आइसिसी सदस्य सुवास खरेलको प्रायोजनमा १५ सय शेकेल नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।  त्यस्तै उत्कृष्ट खेलाडीलाई  ट्रफी, प्रमाणपत्र र उचित नगद पुरस्कार प्रदान गरिने छ भने  सर्वाधिक गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई पनि ट्रफी र प्रमाणपत्रको साथमा उचित नगद पुरस्कार  प्रदान गरिने जनाइएको छ ।  त्यस्तै सम्पूर्ण प्रतियोगितामा उत्कृष्ट अनुशासित टिमलाई  ट्रफी र प्रमाणपत्र प्रदान गरिने सम्मेलनको क्रममा बताइएको छ ।

पुरस्कार प्रमुख अतिथि इजरायलका लागि कार्यवाहक नेपाली महामहिम राजदूतको हातबाट प्रदान गरिने पनि बताइएको छ ।

त्यस्तै सम्मेलनमा उपस्थितहरुको सहमतिमा गोलाप्रथाबाट खेल तालिका तयार गरिएको थियो । जम्मा ८ वटा फुटवल टिमको सहभागिता रहने  प्रतियोगितामा समुह एमा माम्स, एनआरएन इजरायल, सेभेन स्टार निलो र कायापटल छानिएका छन् भने समूह बि (B) मा शेर्पा संघ इजरायल, किरात याक्थुङ चुम्लुङ (KYC), फ्रेन्ड्स क्लव र सेभेन स्टार रातो छानिएका छन्  ।

खेलको पहिलो दिन जनवरी १३ मा हुने प्रतियोगिताको पहिलो खेल समूह ए (A) अन्तर्गत माम्स Vs एनआरएन इजरायल बिचहुने छ भने क्रमश: दोश्रो किरात याक्थुङ चुम्लुङ (KYC) Vs सेभेन स्टार रातो, तेस्रोसेभेन स्टार निलो Vs कायापटल साथै चौथो तथा अन्तिम फ्रेन्ड्स Vs शेर्पा संघ इजरायलबिच पहिलो चरणका प्रतियोगिताहरु हुनेछन् ।

यसैबिच आयोजकले खेल हेर्न इच्छुक खेलप्रेमीहरुको सुविधालाई मध्यनजर गर्दै खेलकुदस्थल रमतअभिवस्थित मिनि स्टडियसम्म निशुल्क यातायातको व्यवस्था गरिने पनि जनाएको छ ।

आयोजकका अनुसार यस पटकको प्रतियोगितामा इजरायलमा रहेका  नेपाली युवाहरुको समुह कायापटल, शेर्पा समाज, किरात याक्थुङ चुमलुङ (KYC), माम्स, एनआरएन इजरायल, फ्रेन्ड्स क्लव र आयोजक सेवेन स्टारको तर्फबाट २ सेट रातो र निलो गरी जम्मा ८ वटा फुटवल टिमले सहभागी जनाउने छन् । –



Recent Post
Recommendation
आजको भिडियो
Loading...