आध्यात्मिक प्रबचनका लागि गुरु चैतन्य कृष्ण इजरायलमा

कार्यक्रममा सहभागीता जनाउन सम्पूर्णमा अनुरोध

Published Date: February 9, 2017

एनआइ न्युज इजरायल ।

धार्मिक हस्तक्षेप विरुद्दको   नारा बोकेर आगाडी बढेको हिन्दु जागरण नेपाल अभियान इजरायलका प्रमुख आयोजनामा आयोजना गरिदै गरेको महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा समापन कार्यक्रमका अवसरमा बृहत आध्यात्मिक प्रबचनका लागि   दार्शनिक तथा युवा गुरु चैतन्य कृष्ण महाराजजी इजरायल  आइ पुग्नुभएको छ ।

आगामी १० फेब्रुअरी २०१७  शुक्रबारका दिन इजरायलको तेलअभिवको   हर्चियोन-२६ (ओल्फ्सन-५७) स्थित एक हलमा आयोजना गरिन लागेको सो आध्यात्मिक कार्यक्रम भाग लिन गुरु चैतन्य कृष्ण महाराजजी आज बिहान करिब……बजे  इजरायलस्थित अन्तर्राष्ट्रिय  वेन गुरियन विमानस्थल  आइपुग्नु भएको  आयोजक हिन्दु जागरण इजरायलका अदक्ष्य राम गोपाल भण्डारीले बताउनु भयो ।

 इजरायलस्थित वेन गुरियन विमानस्थल  आइपुग्नु भएका आध्यात्मिक प्रबचक गुरु चैतन्य कृष्ण महाराजजीलाइ आयोजक हिन्दु जागरण इजरायलका अदक्ष्य राम गोपाल भण्डारी , संस्थाकी संरक्षक नितु कार्की , संस्थाका बरिष्ट सल्लाहकार भक्ति सापकोटा  तथा संस्थाकी सदस्य सिता भण्डारी लगायत टोलिका सदस्यहरुले खादा तथा फुलगुच्छाले भव्य स्वागत गरेका थिए ।

शुक्रबार साँझ ४ बजे देखि शुरु हुने  उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र गुरु चैतन्य कृष्णजी महाराजजीको पनि इजरायल आगमन भइसकेकोले गर्दा अब कार्यक्रम सुरु  हुने दिनको प्रतिक्षामा रहेकोले कार्यक्रम भब्य र सभ्य हुने आयोजकले दाबी गरेका छन् । कार्यक्रममा गुरु चैतन्य कृष्णजी महाराजको आध्यात्म  विज्ञान र अध्यात्मिक दर्शनमा विशेष प्रवचन  रहने हुनाले  साथै  बीच-बिचमा  स्थानीय भजन गायक शिशिर खनालको बाद्य-बादन सहितको तयारी  टोलीले मिठा-मिठा भजनहरुको प्रस्तुतिले दर्शकहरुलाई झुमाउने तथा प्रवचनकै क्रममा समाबेश गरिने  नृत्यहरुले कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्न सक्ने आयोजकले बताएका छन्  ।

इजरायल प्रवेशसंगै गुरु चैतन्य कृष्ण महाराजजीले प्रबासमा रहेर पनि यस्ता धार्मिक प्रबचन कार्यक्रम आयोजना गरिनु र त्यसमा आफु भाग लिन पाउनु आफ्नो लागि ठुलो अवसर रहेको बताउदै फेरी पनि सम्पुर्ण इजरायलबासि नेपालीहरुलाई भोलि आयोजना हुन गइरहेको दिब्य-दर्शन सत्संग तथा  प्रबचनमा  एकचित्त भएर  सबै संगै प्रबचनको आनन्द लिई आघ्यात्मिक लाभ लिन आग्रह गर्नुभएको छ ।

चैतन्य महाराजजीको समुपस्थितिमा हुन लागेको उक्त  धार्मिक अनुष्ठान कार्यक्रम भब्य र सभ्य  रुपमा सफल पार्नका निम्ति बिभिन्न संघ संस्था, मिडियाकर्मी तथा सम्पूर्ण इजरायलबासी नेपालीहरुमा उपस्थित भइ तथा उक्त दिन कुनै पनि कार्यक्रम नराखी कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन आयोजकले  हार्दिक अनुरोध समेत  गरेका छन्  ।

त्यसै गरि कार्यक्रमको भोलिपल्ट  अर्थात ११ फेब्रुअरी २०१७ शनिबारका दिन गुरु श्री चैतन्य कृष्ण  महाराजजीका  साथमा शैक्षिक ज्ञान हेतु इजरायलका रमणीय तथा बिशेष मानिने ठाउँहरु  बेत्लेखेम , कोतेल तथा विश्वकै सबै भन्दा होचो ठाउँ मृतसागर (Dead Sea)को भ्रमण तय गरिएको हुदा भ्रमणमा सहभागी भइ मनोरंजन लिन चाहनेहरुले आयोजक टिमका सदस्यहरुलाई आफ्नो नाम टिपाउन हुन पनि आयोजकले अनुरोध गरेका छन् ।

भ्रमणका लागि सम्पर्क व्यक्तिहरु  :-

१)राम गोपाल भण्डारी 0547858752  २) भक्ति सापकोटा 0584497788
३) सुमित्रा भण्डारी 0556608415   ४) धर्म भण्डारी 0502820116
५) मोनिका शर्मा 0559912625  ६) नितु कार्की 0542297937

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...