महाराज श्री चैतन्य कृष्णजीको आध्यात्मिक प्रबचनसँगै इजरायलमा स्वस्थानी सांग्य गरियो

Published Date: February 13, 2017

एन आई न्यूज इजरायल ।

“धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान” भन्ने नाराका साथ मध्यपूर्वको इजरायलमा रहेका हिन्दु धर्मालम्वीहरुद्वारा नेपालका प्राचिन धर्महरु हिन्दु, वौद्द, किराँत, वोन्पो, लगायका नेपाली  माटोका धर्म तथा संस्कृतिहरुको संरक्षणको निम्ती लागि पर्दै आइरहेको  हिन्दु जागरण नेपाल अभियान इजरायलले हिन्दु जागरण अभियानका संस्थापक सदस्य तथा दार्शनिक, आध्यात्मिक प्रबचक यूवा गुरु चैतन्यकृष्ण महाराजजीको उपस्थितिमा बृहत आध्यात्मिक प्रबचन कार्यक्रमको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालीहरुको महान पर्व महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा समापनको अवसर पारी गत  १० फेव्रुवरी शुक्रवार इजरायलको तेलअभिवको हार्चियोन २६ स्थित एउटा हलमा आयोजना गरिएको उक्त आध्यात्मिक प्रवचन कार्यक्रममा नेपालबाट आमन्त्रित दार्शनिक तथा विद्वत्त आध्यात्मिक बाचक चैतन्य कृष्ण महाराजजीलाई विशिष्ट अतिथीको आशनग्रहण गराइएको थियो भने हिन्दु जागरण नेपाल अभियान इजरायलका संस्थागत गुरु भिम प्रसाद पौडेललाई गुरुको आशनग्रहण गराइएको थियो ।

श्री स्वस्थानी ब्रतकथा समापन साङ्गेको समापन पश्चात निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिला सााँझको ७:३० बजे हिन्दु जागरण अभियान इजरायलका सदस्यहरु देबी कोइराला ,  नम्रता उप्रेती र मोनिका शर्माद्वारा  गरिएको स्वस्ति वाचन सँगै गुरु चैतन्य कृष्णजीको  हल प्रवेश पश्चात  नेपाली राष्ट्रिय गानको सुमधुर धुनसंगै  शुरुवात गरिएको उक्त कार्यक्रम संस्थाकी  बरिष्ठ सल्लाहकार  तथा सत्संग ब्यबस्थापक प्रमुख कोपिला देवकोटाको सभापतित्व रहेको थियो । यूवा  गुरु चैतन्य कृष्ण महाराजजीको विशिष्ट आथित्यता, इजरायलका लागि नेपाली कार्यवाहक राजदूत रामेश्वर पौडेलको प्रमुख आथित्यता साथमा उहाँकी धर्मपत्नीको आथित्यता , NRNA NCC का अदक्ष्य दिपक प्रसाद ओलीको बिशेष आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाका शिर्षस्थ व्यक्तित्व तथा प्रतिनिधिहरु, विभिन्न धार्मिंक तथा जातिय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न अनलाइन वेस न्यूज मिडियाका पत्रकारहरु लगायत उल्लेख्य भक्तजनहरुको उपस्थिती रहेको थियो ।

View post on imgur.com

कार्यक्रममा स्वागत मन्तव्य दिदै हिन्दु जागरण अभियान इजरायलका अध्यक्ष राम गोपाल भण्डारीले हिन्दु धर्मको रक्षा गर्नु  सबैको कर्तव्य भएकोले सबै प्रबासीहरु मिलेर आगाडी बढ्नु पर्नेमा जोड दिए  । भण्डारीले अनेकन कठिनाईका वावजुध धेरै इजरायलवासी नेपालीको चाहाना अनुरुप नेपालमा ख्याति कमाउनु भएका गुरु चैतन्य कृष्णज्युलाई पाउन सफल भएको बताउदै हिन्दु जागरण अभियान धार्मिक रुपमा मात्र नभई सामाजिक सहयोगीको रुपमा विभिन्न बाल, वृद्द आश्रम, भूकम्प पिडित, अग्नि पिडित लगायतका सामाजिक कार्यहरु पनि गर्दै आइरहेको बताउनु भयो। वहाले  नेपाल अन्य मुलुकहरुको तुलनामा पछि परेको छ भन्ने कुराहरु आइरहँदा नेपाल अन्य कुरामा मात्र होइन धार्मिक, सांस्कृतिक लगायतका क्षेत्रहरुमा पनि पछि परेको छ या पछि पारिने कोसिस गरिदै गरेको बताउदै हिन्दु जागरण नेपाल विदेशी धर्महरुबाट निरन्तर क्षयिकरणको चपेटामा  पर्दै आइरहेको नेपाली माटोका मौलिक धर्महरुको पक्षमा क्रियाशिल रहदै आइरहेको बताउनु हुदै  विभिन्न व्यस्तताका वावजुध पनि कार्यक्रममा उपस्थित भक्तजनहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी कार्य वाहक  राजदूत रामेश्वर पौडेलले एउटा पवित्र उद्देश्य लिएर नेपालबाट गुरु चैतन्य कृष्णज्यूलाई आमन्त्रण गरी ज्ञानगुनका कुराकानीहरु सुन्ने अवसर प्रदान गरेकोमा हिन्दु जागरण नेपाल अभियान इजरायललाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । का.वा राजदूत पौडेलले हिन्दु वैदिक धर्म जीवनको दर्शन भएको बताउदै सम्पूर्ण हिन्दु धर्मालम्वीहरुले आफ्नो धर्ममा रहेको सद्गुण, संस्कार र संस्कृतिलाई वुझ्ने प्रयास गर्नुपर्ने कुरामा जोड दिए । विश्वमै सहनशिल जीवनपद्दती रहेको र सबैधर्मको अस्तित्वलाई स्विकार गर्ने  उदार धर्मको रुपमा रहेको हिन्दु धर्मलाई विदेशीहरुले पनि प्रशंसा गर्ने गरेको कुरा उल्लेख गर्दै  महामहिम पौडेलले आफूभित्र रहेको सद्गुणलाई पहिचान गर्न  ढिलाई गर्न नहुनेमा जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा  NRNA NCC इजरायलका अध्यक्ष   दिपक प्रसाद ओलीले सात समुन्द्र पारी पनि यसरी प्रख्यात आध्यात्मिक हस्ती चैतन्य कृष्ण महाराजज्यूको सद्वाणीहरु सुन्ने अवसर प्रदान गर्ने हिन्दु जागरण नेपाल अभियान इजरायलप्रति हार्दिक आभार प्रकट गरेका थिए । अध्यक्ष ओलीले नेपाली भन्ने बित्तिकै विश्व समुदायले हिन्दु धर्मालम्वी हो भन्ने चिनारी भएको बताउदै यदि कसैले अनेक प्रलोभनमा परी आफ्नो मौलिक धर्म संस्कृतिलाई छोडेर बाटो विर्सिएर विछोडिएको छ भने पनि उ ढिलो चाँडो आफ्नो बाटो समात्ने बताए । ओलीले देश विगार्ने भारत हो भन्ने गुरु चैतन्यकृष्णको कुरामा सहमति जनाउदै त्यसको हतियार नेपाली नेतृत्व भएको बताए । उनले इजरायलमा  रहेका भात्रृ संगठनहरुलाई सुझाउदै नेपाल बन्ने र बनाउने कुरामा पहिले जनता स्वावलम्बी बन्नुपर्ने भन्दै आ-आफ्नो पार्टीको नेतृत्वमाथि दबाब सृजना गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्रबचनको सिलसिलामा बोल्दै गुरु चैतन्य कृष्ण महाराजजीले हिन्दु शव्दको शाव्दिक अर्थ, हिन्दु धर्मका विशेषताहरु, विश्वको सबैभन्दा पुरानो भाषा संस्कृत र यसका विशेषताहरु, विश्व समुदायमा नेपालको तात्विक परिचय प्रस्तुत गर्नु  भएको थियो  । प्रबचनको क्रममा गुरु चैतन्य कृष्णले हिन्दु धर्म र नेपालले विश्व समुदायलाई जीवन दर्शनको पाठ सिकाउदै आएपनि विविध कारणहरुवश तथ्य कुरा सतही नभई अन्यले त्यसको फाइदा उठाउदै आइरहेको बताउदै सन्तलाई बैज्ञानिक, बैज्ञानिकलाई सन्त, धर्तीलाई स्वर्ग, मानवलाई देवता, नेपाललाई विश्व गुरु र संस्कृत भाषालाई विश्व भाषा, अमृत आहार, रित व्यवहार सहितका बुँदालाई जोड दिई ब्याख्या गर्नुभएको थियो  ।

हिन्दु धर्म हामि सबैको साझा, सबैलाई मान्य हुने तथा कुनै पनि धर्मालम्बीहरुलाई हानि नपुर्याउने  धर्म भएकोले यसले  नेपालको चिनारी र मान राख्ने हुनाले सबैले नेपाललाई विश्वमा चिनाउने यो साझा कार्यमा अघि सरेर लाग्नुपर्ने बताउनु भयो । प्रबचनकै क्रममा वहाले आफु अरुको भरमा नपरी स्वावलम्बी बने मात्रै देश पनि त्यस्सै अनुरुप बन्ने कुरालाई नकार्न नमिल्ने बताउनुभयो ।

साँझ ५ बजे शुरु  भइ रातको करिब १२:३० बजे सम्म चलेको उक्त कार्यक्रममा संस्थाकी संस्कृति ब्यबस्थापन प्रमुख युरिना उपाध्याय सहित  भजन गायक शिशिर खनाल र  माया  खनाल सहितको   टोलिले प्रबचनको बिच-बिचमा मिठा-मिठा भजन गाएर दर्शकहरुलाई नचाएका थिए भने प्रबचनकै उत्तरार्धमा संस्थाकी कोसाध्यक्ष मोनिका शर्मा र सुर्य रानाले शिब झाँकी प्रस्तुति गरि कार्यक्रमलाइ अझ रोचक बनाएका थिए ।

त्यस्तै कार्यक्रममा श्री स्वस्थानी साङ्गे तथा  ३ दिने अखण्ड पुजाका लागि श्री सत्य-साइ सेन्टरको निमन्त्रणामा इजरायल आइपुग्नु भएका गुरु ज्योतिसाचार्य श्री जीवनाथ लामिछाने पनि सो प्रबचन अबधि भर रहनु भइ प्रबचन श्रबण गर्नुभएको थियो  ।

त्यस्तै कार्यक्रममा संस्थामा रहेर प्रसंशनिय कार्य तथा सहयोग गर्नुहुने कार्यसमितिका सदस्यहरुलाई संस्थाले  प्रसंशा पत्र तथा कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो भने गुरु चैतन्य कृष्ण महाराजजीलाई संस्थाको निमन्त्रणा स्वीकार गरि  आफ्नो अमुल्य समय तथा धार्मिक  प्रबचनको  लागि वहाको कदर गर्दै संस्थाले चिनो सहित बिशेष सम्मान गरेको थियो भने संस्थाका बरिष्ठ सल्लाहकार भक्ति सापकोटाले हिन्दु जागरण नेपाल अभियान इजरायल शाखाको लोगो सहितको टि-शर्ट  चिनो स्वरूप उपहार दिनुभएको थियो।

साथै हिन्दु जागरण नेपाल अभियान इजरायलले नेपाललाई चिनाउने हेतु साइकल यात्रामा निस्किएका विश्व साइकल यात्रीलाइ प्रोत्साहन स्वरूप ५०१/- सेकेल सहयोग स्वरूप हस्तान्तरण गरेको थियो।

हलको क्षमता भन्दा निक्कै नै बढी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त  कार्यक्रमको संचालन संस्थागत गुरु भिम प्रसाद पौडेल , कोषाध्यक्ष मोनिका शर्मा तथा संगठन प्रबक्ता नम्रता उप्रेतीले संचालन गर्नुभएको थियो ।

 कार्यक्रमको अन्त्यमा गुरु लगायत  आयोजक सहितको  टोलीले आरति गरि सो  कार्यक्रमकी सभापति कोपिला देवकोटाले हिन्दु जागरण इजरायल शाखाले गरेका उल्लेखनीय कार्यको प्रशंसा गर्दै सबैलाई मिलेर साथ दिन आग्रह गर्दै तथा कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई हार्दिक धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो । त्यसै गरि शनिबारको दिन संस्थाले गुरुजिको साथमा करिब १०० जनाको उपस्थितिमा डेड सी तथा बेत्लेखेमको रमणीय र सफल भ्रमण कार्यक्रम गरेको थियो  ।

साथै १२ फेब्रुअरी २०१७ तथा आज हिन्दु जगरंका अभियन्ता साथै युवा तथा दार्शनिक गुरु चैतन्य कृष्णजी नेपाली राजदुताबासको   छोटो अनौपचारिक भेटघाट कार्यक्रममा सरिक भइ १२ फेब्रुअरी २०१७  राति ११:०० बजेको फ्लाईटबाट नेपाल फर्कनु भएको संस्थाले जानकारी गराएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...