चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Published Date: February 12, 2017

काठमाडौ., १ फागुन । सरकारले प्रहरी प्रमुखमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने गरेको निर्णय चार घण्टा पनि बित्न नपाउँदै फेल खाएको छ ।

सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीको कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

अधिवक्ता भीमार्जुन आचार्यका अनुसार विपक्षीलाई झिकाउन पनि आदेश दिइएको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...