राप्रपा अध्यक्षमा कमल थापा विजयी, राणाले २ सय ५१ मत पाए

Published Date: February 20, 2017

काठमाडौं, ९ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रदीपविक्रम राणालाई हराउँदै उनी विजयी भएका हुन् ।

थापाले २ हजार ८ सय ४ मत ल्याए भने उनका प्रत्यासी राणाले २ सय ५१ मत पाए । राजधानीमा जारी एकता महाधिवेशनको चौथो दिन सोमबार भएको मतदानमा कूल ३ हजार १ सय ३६ मत खसेकोमा ८१ मत बदर भएको थियो । तीन हजार दुई सय ८७ प्रतिनिधिमध्ये ३ हजार १ सय २६ जनाले मतदान गरेको राप्रपाले जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...