मातृभुमीको लागि पर्वत सेवा समाजको भारतमा पनि शाखा बिस्तार

अध्यक्षमा नारायण प्रसाद खनाल

Published Date: February 28, 2017

एनआइ न्युज , इजरायल l

“बाध्यताले देखायो प्रदेशको बाटो , नभुलौ कसैले जन्मेको माटो” भन्ने मुल नाराका साथ मातृभूमिका लागि केहि गर्ने नयाँ सोचका साथ् स्थापित संस्था पर्बत सेवा समाज नेपालले मित्रराष्ट्र भारतमा  पनि आफ्नो शाखा बिस्तार गरेको जनाएको छ  l

दीनदुखीहरुको सहयोग र मातृभुमीको समुन्नत विकाशको निम्ती विगत केही केहि समय देखि निरन्तर रुपमा सामाजिक कार्यहरुमा क्रियाशील रहदै आएको सो समाजले गत २६ फेब्रुवरी आइतवारका दिन  रोजगारी, अध्ययन तथा व्यापार व्यवसायको शिलशिलामा छिमेकी मुलुक भारतमा बसोवास गरिरहेका पर्वतेलीहरुलाई एकिकृत गरी   संस्थाका अन्तर्राष्ट्रिय संयोजक श्री अनिरुद्र सुवेदीको प्रमुख आतिथ्यमा आयोजित साइवर भेलाले  नारायण प्रसाद खनालको अध्यक्षतामा उनन्तीस(२९) सदस्य कार्य समिती गठन गरेको छ  l

  नब गठित कार्यसमितिमा अध्यक्ष नारायण प्रसाद खनाल, बरिष्ठ उपाध्याक्ष : रामजी पौडेल प्र.उपाध्याक्ष : बलराम रेग्मी दि.उपाध्याक्ष : श्याम सुबेदी ती.उपाध्याक्ष : अर्जुन रेग्मी चौ.उपाध्याक्ष : रमेश रेग्मी महा सचिब : मिन बहादुर मल्ल सचिब : सागर पौडेल सह सचिब : (क) नबराज सापकोटा ‘ (ख) गोकर्ण चापागाई (ग) बिष्णु पोख्रेल ‘ (घ)मेघनाथ पौडेल कोषाध्यक्ष : सिता रेग्मी ” स-: मिना बस्नेत सस्थापक सदस्यहरु :- राजेन्द्र खांड ठकुरी गणेश जी . सी . कुल प्रसाद अधिकारी, ठाकुर कुमार, पौडेल पुरण गिरि, मात्रिका उपाध्याय, मोतिलाल तिवारी, खिम बहादुर परियार, शंकर तिवारी, सुबास सुबेदी ,शोभा पुरी ,हेमलाल शर्मा, भरत पुरी, कमल क्षेत्री, लक्ष्मण पौडेल रहेका छन्

समाजसेवी ,पत्रकार,बुद्दिजिबी लगायत उल्लेख्य पर्बतवासीको उपस्थिति रहेको उक्त भेलामा बोल्दै अन्तर्राष्ट्रिय संयोजक अनिरुद्र सुवेदीले अन्य देशहरूमा पनि एवम् रितले  शाखाहरु बिस्तारको तयारी पूरा हुन्न लागेको बताउनुभएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...