Loading...

हामी नेपाली र हाम्रो राष्ट्रियता

- नेत्र विक्रम केसी

Published Date: March 10, 2017

– नेत्र विक्रम केसी

सदियौदेखि स्वाधिनताको ताज बोक्दै आइरहेको हाम्रो मुलुक नेपाल केही त्यस्ता विशेष कारणहरु छन् जसले हाम्रो गौरवपूर्ण यथार्थतालाई पर्दापछाडि पार्दै सदैव पराधिनताको अनुभुती गराउदै आइरहेका छन् । ति कारणहरुले सदैव नेपालीहरुको शिर झुकाइरहेका छन् । आफ्नै मानो खाएर पनि अर्काको अधिनमा रहेजस्तो अनि आफ्नै भुमीमा रहदा पनि अर्काको गुलाम गरिरहेको जस्तो । जो कारणहरु जो ग्रेटर नेपालको हामी नेपालीको सपनालाई सपनामै सिमित गरिरहेको मात्र छैन् भएका भूमीपनि साँघुरिदै गइरहेको छ । सिमा क्षेत्रमा वसोवास गर्ने नेपाली चेलीबेटीमाथि दिनहुजस्तो घट्ने बलात्कार जस्ता कारुणिक घट्नाहरुपनि हामीले निरिह भएर सहनुपरिरहेको । हाम्रो देशमाथि भारतले गर्दै आएको र गरी रहेको यो चरम अन्यायको प्रतिरोध र असमान सन्धी-सम्झौताहरुको अन्तराष्ट्रियकरण हुन नसक्दा ती समस्याहरुप्रति अमुख बनिरहेका छन् हाम्रा शासकवर्ग । हिजो मात्र पनि सुदुरपश्चिमको कञ्चनपुरमा भारतिय सिमा सुरक्षा वल एसएसवि को गोली लागि एक नेपालीले सहादत प्राप्त गरेका छन् । आखिर किन हामी यस्तो अवस्थामा वस्न वाध्य छौ त ? ति के कारणहरु हुन सक्छन् जस्ले हामीलाई आफ्नै मुलुकमा पनि शरणार्थीको जस्तो जीवन जीउन वाध्य पारिएको छ ? हाम्रा शासकवर्गले हामीमाथि न्याय गरेको भए के हामिले यही हविगत व्योहोर्नु पर्थ्यो होला त ? यो विषय गम्भिर रुपमा सोच्नुपर्ने विषय वनेको छ ।

जब गरिखाने बर्ग र लुटी खाने बर्गविचतको असमान दुरी रहिरहन्छ तबसम्म लुटिखाने बर्गले हामीमाथि शासन गरिरहनेछन् । हामीले इतिहास हेर्यौं भने पनि यस्तै यस्तै दुखका गाथा व्यथाहरु धेरै छन् । नेपाल एकिकरणदेखि राणा शासनकाल हुदै २००७ सालको क्रान्ति र त्यसपछिका विभिन्न चरणमा भएका सबै खाले क्रान्तिमा गरिखाने बर्गले बली दिएका छौं देश र व्यवस्था परिवर्तनकालागि । सामन्ती राजतन्त्रको अन्त्य भएसँगै नेपालमा संघिय गणतान्त्रिक राज्यको स्थापना भयो । व्यवस्था फेरियो तर गरिखाने वर्गको जीवनशैली फेरिएन, केवल फेरियो त लुटिखाने बर्गको जीवनशैली । फेरी पनि त्यही सामन्तीहरुको नयाँ अनुहार शासन सत्तामा फेरियो । अहिले नयाँ मुकुन्डो लगाएका संघिय गणतान्त्रिक सामन्ती शासकहरु कहिले जातियताको नाममा कहिले धर्मको नाममा त कहिले क्षेत्रियताको नाममा फेरी गरिखाने बर्गलाई एक आपसमा लडाई हामीविच रहेको कमजोरीको फाइदा उठाउदै शासन सत्तामा हालीमुहाली गर्दैछन् । गरिखाने वर्गको खुनमा रत्यौली खेल्न खोजिरहेका छन् । यो कुरालाई नजरअन्दाज नगरी समयमै हामी सजग हुनु जरुरी छ । देश अहिले अति संवेदनशिल अवस्थाबाट गुज्रिरहेको छ । विस्तारवादीहरुले हामीलाई ‘फुटाउ र राज गर’ को सिद्दान्तको डोरी फ्याकी विभिन्न जात धर्म र भाषाको नाउमा एकआपसमा जुधाई, फुटाई देशलाई सिक्किमीकरणको दिशामा अगाडि वढाइऱहेको छ । चाहे त्यो कैलालीको टिकापुरको घटना वा सप्तरीको घटना होस् या चाहे त्यो कञ्चनपुरको सिमानामा भएको नेपाली नागरिकको हत्या कै घटना नै किन नहोस् यसले माथि भन्न खोजिएको कुरालाई पुष्टि गरेको छ । हामी गरिखाने बर्ग नै फुट्यौं भने लुटिखाने बर्गले हामीलाई शासन गरिरहने छन् । त्यसैगरी नेपालीका छातिका वजारिने हरेक विदेशी वुटहरु लुटिखाने वर्गले यसैगरी हेरिरहने छन् । त्यसैले हामी गरिखाने वर्ग फुटेर होइन जुटेर मात्र हामी, हाम्रो समाज, हाम्रो देश, राष्ट्रियता र स्वाधिनताको रक्षा गर्न सक्नेछौ । त्यसैले जवसम्म गरिखाने वर्ग र लुटिखाने वर्ग विचको दुरीको अन्त्य हुदैन तवसम्म न गरिवको वलि चढ्न रोकिन्छ नत राष्ट्रियताको रक्षा गर्न नै सकिन्छ ।

 



Recent Post
Recommendation
आजको भिडियो
Loading...