नागरिक समाज इजरायलद्ववारा गौतम हत्याको निन्दा,

समस्याको समाधानमा सरकारको ध्यानाकर्षण

Published Date: March 11, 2017

प्रवासी नेपाली नागरिक समाज इजरायले  सुदुर पश्चिम नेपालको कञ्चनपुरमा भारतिय सिमा सुरक्षा वलको गोली लागि मृत्यु वरण गरेका गोविन्द गौतमको हत्याको निन्दा गरेको छ ।

प्रवासी नेपाली नागिक समाज इजरायलले एउटा प्रेस विज्ञप्ति जारी गरी भारतिय बिस्तारबादी सरकारको हेपाहा प्रवृतिले नेपालमाथि नाङ्गो राजनैतिक हस्तक्षेप,  नेपालको हजारौं हेक्टर भूमी समेत अतिक्रमण गरे भौतिक संरचना समेत निर्माण गर्ने, भारतमा मजदुरी गरेर फर्कने हजारौं नेपालीहरुलाई सिमा क्षेत्रका भारतिय प्रहरीहरुले  लुटपाट गर्ने निर्घात कुटपिट गर्ने अनि नेपाली भूमीमा हातहतियारसहित प्रवेश गरी हाम्रा चेलीबेटी,आमा दिदीबहिनीहरुलाई बलात्कार गर्ने जस्ता कारुणिक घट्नाहरुपनि नेपालीले निरिह भएर सहनु परिरहेको बताउदै नेपालमाथि भारतले गर्दै आएको र गरी रहेको यो चरम अन्यायको प्रतिरोध र असमान सन्धी-सम्झौताहरुको समाधान सरकारी स्तरबाट हुनु पर्नेमा यस्ता समस्याहरु देखेको नदेखे झैं गरी नेपालका राजनैतिक दलहरु  र तिनका नेताहरु आपसमा झगडा र दोषारोपण गर्ने र सरकार बनाउन र सत्तामा जान भारतकै चाकडी गर्ने र सहारा लिने जस्ता अत्यन्तै घृणित र निन्दनिय आचरणले नेपाली स्वाभिमानमाथि आघात पुगेको उल्लेख गर्दै कन्चनपुरको सीमा क्षेत्रमा भएको सीमा बिबादमा भारतिय प्रहरीले नेपाली वीर सपुत गोविन्द गौतमको गोलीले ज्यान लिएको र घाइतेपनि भएपश्चात नेपाल सरकारलेपनि घट्नाको भर्त्सना गर्दै जारी गरेको बक्तव्य नेपाली जनतालाई देखाउने र आक्रोस मत्थर पार्ने साधन मात्र नभई भारत सरकारको गम्भीर ध्यानाकर्षण सहित समस्याको समाधान गर्ने तिर यथासिघ्र अघि बढोस् भन्दै कंचनपुरमा घटाईएको ज्यादतीपूर्ण निन्दनिय घट्नाको घोर निन्दा र भर्त्सना गर्दै सहिद हुनु भएका वीर योद्धा गोबिन्द गौतम प्रति हार्दिक श्रद्धान्जली सहित सोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...