आइतबार भैरहवामा हुने आमसभा ऐतिहासिक हुने एमालेको दाबि

अभियानलाइ लक्षित गर्दै मोर्चाद्वारा बन्दको घोषणा

Published Date: March 11, 2017

मेचीकाली अभियानको टोलीको आगमनसँगै आज नवलपरासीको भूमही र रूपन्देहीको भैरहवामा गरी दुई स्थानमा वृहत आमसभा हुँर्दैछन् । एमाले प्रचार विभाग रूपन्देहीले अभियानको तयारीका बारेमा शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालले मेचीकाली अभियान एमालेको मात्र नभएर सबै नेपालीको भएको भन्दै सबैलाई सहभागी हुने आग्रह गरे ।  सभामा करिब १ लाख जनसहभागिता रहने बताइएको छ । जसमा ५० हजारभन्दा बढी मधेशी समुदायको सहभागिता रहने एमालेको दाबी छ । अभियानमा जनतालाई सहभागी हुन प्रत्येक घरमा पुगेर निमन्त्रणापत्र दिइएको छ ।

यता मोर्चाले एमालेको सभालाई लक्षित गरि रुपन्देही बन्दको आह्वान गरेको छ । मोार्चाले सप्तरीमा भएको घटनाप्रति घोर र्भत्सना गर्दै दोषी माकारबाहीका लागि दबाब दिन गरेको वन्दका कारण रुपन्देही  ३ दिनदेखि  लगातार बन्दको सिकार बनेको छ ।
मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव,सदभावना पार्टी जिल्ला संयोजक मनमोहन चौधरी तथा तराईमधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका अध्यक्ष अजय बर्माद्वारा संयुक्त रुपमा  बिज्ञप्ती जारी गरी सप्तरी घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कार्यवाही ,घाईतेहरुलाई निःशुल्क उपचारको ब्यवस्था,मृतकहरुलाई शहीद घोषणा परिवारलाई क्षति पूर्तिको माग गर्दै आईतवार रुपन्देही बन्द लाई सफल बनाउन आह्नान समेत गरिएको छ ।
रुपन्देही बन्दको दौरानमा यातायात कलकारखाना,उद्योगधन्दा ,शिक्षणसंस्था, ब्यापार ब्यवसाय बन्द गरि सहयोग गर्न बिज्ञप्ती मार्फत मोर्चाले अपील गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...