दृष्टिविहिन वच्चाहरुको सहयोगार्थ इजरायलमा ‘पुरोना पुस्ता’ प्रदर्शन हुदै

दृष्टिविहिन वच्चाहरुको इजरायलवासी नेपालीमा अनुरोध

Published Date: March 12, 2017

सुर्य बस्याल,  इजरायल

दृष्टिबिहिन बच्चाहरुको सहयोगको लागि इजरायलमा नेपाली कथानक चलचित्र “पुरानो पुस्ता”को प्रदर्शन गरिने भएको  छ ।

समाजसेवी तथा एभरेष्ट क्लवका संचालक बिपिन तामाङको पहलमा आगामी १७ मार्च शुक्रबार एभरेष्ट क्लब तेलअभिवमा  आयोजना गरिने चलचित्र “पुरानो पुस्ता” सम्पूर्ण खर्च कटाएर बचत रकम नेपाल नेत्रहिन संघमा रहेका दृष्टि बिहिनहरुलाई सहयोग गरिने आयोजकले बताइएको छ । विपिन तामाङकै आयोजनामा प्रदर्शन गरिन लागिएको उक्त चलचित्र बिना कुनै स्वार्थ ति दृष्टिबिहिन बच्चाहरुको लागि सहयोग गरिने तामाङले बताए । उनले केहि दिन अघि आफ्नो फेसबुकवाल बाट इजरायलमा रहेका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु लाइ अनुरोध गर्दै “पुरानो पुस्ता” नेपाली चलचित्र इजरायलमा प्रदर्शन हुने भएको जानकारी गराउदै उक्त चलचित्र हेर्न आइ यस अभियानमा सहयोग गरिदिनु हुन् अनुरोध पनि गरेका थिए ।

अहिले सम्म १०० भन्दा बढी टिकट घरमै आइ सहयोगी मनहरुले टिकट लिइसकेको जनाउदै तामाङले ति सहयोगीमनका धनीहरुप्रति हार्दिक आभार व्टयक्त गर्दै सम्पूर्णको नाम अनलाइन मार्फत सार्बजनिक गर्ने बताएका छन् । उनले धेरै सहयोगीमनहरु आफु छुट्टी नमिल्दा आउँन नपाएको भन्दै टिकट काटी सहयोग गरेको कुरा गर्दै भाबुक हुदै भने इजरायलमा धेरै सहयोगीमनहरु हुनुहुन्छ पहिले पनि सहयोग गर्नु भएकै हो र अहिले पनि सहयोग गर्न अघि सर्नु भएको छ म उहाहरु प्रति निकै आभारी छु भन्दै सबैलाई यस अभियानमा साथ दिन अनुरोध गरेका छन ।

दृष्टिविहिन वच्चाहरुको इजरायलवासी नेपालीलाई पठाएको सन्देश यस्तो छ :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...