Loading...

इजरायलबाट घरदेश पुगेकी कवियत्री समाश्रीको अल्पविराम सार्वजनिक

Published Date: March 13, 2017
एनआइन्यूज काठमाण्डौ,
लामो समयदेखि इजरायलमा रही प्रवासबाट निरन्तर नेपाली साहित्यक अकाशमा आफ्ना कृतिहरु प्रस्तुत गर्दै आइरहेकी  कवियत्री समा श्रीको नयाँ कविता संग्रह अल्पविराम को भव्य रुपमा  विमोचन भएको छ ।
सर्वनाम काठमाडौमा गत  फागुन २८ शनिवार उल्लेख्य साहित्यकार तथा वौद्दिक व्यक्तित्वहरुको समुपस्थितीमा  कवि समाश्रीको कविता संग्रह अल्पविरामको विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका वरिष्ठ साहित्यकार चेतन कार्कीले अल्पविरामको विमोचन गर्नुहुदै समाश्रीका कविताहरु सधै छ्न्द जत्तिकै सरस र ललित हुने गरेको बताउनुहुदै अगाडि भन्नुभयो –  “छ्न्द भनेको छन्दै हो” । उहाँले श्रीका कवितामा नारी अस्मिता ,रति राग,गरीबी,रास्ट्रप्रेम जस्ता गम्भीर विषयहरुले स्थान पाउदै आइरहेको बताउनुभयो ।
कार्यक्रममा कवियत्री समाश्रीले अल्पविराममा समाविष्ट खगोलमा मेरो अस्तित्व , मेरो प्रेम , बाका कांधहरू, म मृत सागरमा माछा मार्दैछु, मौनब्रत , किस्ने अर्थात् एक भोट कविताहरू वाचन गरेर सुनाएकी थिइन ।
त्यस्तै अतिथी डा. दीपक खड्काले उनको पहिलो कविता संग्रह वंशलोचनबाट सीता उवाच र आज चुनाव छ वाचन गर्नु भयो ।
कार्यक्रमको बीचमा संचालक कवि राम गोपाल आशुतोषले उनका लामा छोटा कविता वाचन गरेका थिए । पाठकीय मन्तव्य साहित्यकार विपुल सिजापतिले दिएका थिए । अल्पविराम पुस्तक माथि कवि नीभा शाह र कवि /पत्रकार फूलमान बलले गरेका थिए ।
एक घण्टा पैंतालिस मिनेटमा सकिएको कार्यक्रममा समय अभाव हुंदा नेपाल संगीतनाट्य प्रतिष्ठानका कुलपतिले मौन शुभकामना दिदै प्रमुख अतिथिलाई बोल्न आग्रह गर्नु भएको थियो । संझ्याका तर्फबाट कवि अभय श्रेष्ठले समा श्रीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम रामगोपाल आशुतोषले सन्चालन गरेको थियो ।


Recent Post
Recommendation
आजको भिडियो
Loading...