नयाँ बर्ष सांगितिक साँझ २०७४ मा सहभागिता जनाउन कलाकारहरु इजरायलमा (भिडियो सहित)

Published Date: April 14, 2017

एन आइ न्युज इजरायल

नमस्कार दर्शक बृन्द आजको कार्यक्रम इजरायल गतिविधि लिएर उपस्थित भएकी छु म मोनिका शर्मा । दर्शक बृन्द “नयाँ बर्ष सांगीतिक साँझ २०७४” मा सहभागिता जनाउन नेपालका ख्यातिप्राप्त राष्ट्रिय  कलाकारहरु इजरायलमा आजको ‘इजरायल गतिविधिमा’ प्रस्तुत गर्ने छौ ।     

गैर आवासीय नेपली राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)इजरायलले  गर्न गइरहेको  “नयाँ बर्ष सांगीतिक साँझ २०७४” मा सहभागिता जनाउन नेपालका ख्यातिप्राप्त राष्ट्रिय  कलाकारहरु इजरायल आइपुगेका छन् ।

उक्त कार्यक्रममा  सहभागिता जनाउन नेपालका  ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु चर्चित हाँस्य कलाकार मनोज गजुरेल , पछिल्लो समयमा निक्कै चर्चा बटुल्न सफल नेपाली चर्चित गायिका रजिना रिमाल, लोकगायक प्रकाश कटुवाल तथा चर्चित पप गायक मबिन्द्र राइ सहितको टोलि काठमान्डौ, नई दिल्ली, तथा इस्तानबुल हुदै आज साझ ८:३० बजे इजरायलको बेन गुरियन विमानस्थल आइ पुगेका हुन्।

एनआरएनए एनसिसी इजरायलको आयोजना तथा इजरायलमा रहेका सामाजिक तथा जातिय संघ संस्थाहरु नेपाल मगर संघ इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, प्रवासी नेपाली नागिरक समाज इजरायल, चितवन समाज इजरायल, किरात राई यायोख्खा नेपाल-इजरायल, रुपन्देही समाज इजरायल, झापाली समाज इजरायलपर्वत सेवा समाज इजरायलअन्तराष्ट्रिय नेपाली साहित्य महासँघ शाखा इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, मातृभूमीकालागि पर्वत सेवा समाज इजरायलअन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल, श्री सत्य साई केन्द्र इजरायल, श्रीकृष्ण प्रणामी गैर आवासिय नेपाली यूवा परिषद इजरायल सहित १४ वटा संघ संस्थाहरुको सह आयोजकत्व रहने    “नयाँ बर्ष  साँगितिक साँझ २०७४ ” नाम दिइएको उक्त कार्यक्रम  इजरायलमा कार्यरत विभिन्न जघन्य रोगबाट पीडित नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरुको लागि स्थापित राहत कोषको लागि भएको आयोजकले बताएका छन् ।

 १४ अप्रिल २०१७ शुक्रबार तेल-अभिभको वाइज्मान स्ट्रिट -६० मा आयोजना गरिन लागेको उक्त कार्यक्रममा राष्ट्रिय कलाकारका साथै  स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने भएकाले यसपटकको कार्यक्रम विशेष रहने आयोजकले बताएका छन् ।

कार्यक्रममा जानको लागि लेवन्स्की पार्कबाट नि:शुल्क बसको समेत व्यवस्था गरिएको बताउदै आयोजकले इजरायलबासि सम्पुर्ण नेपालिहरुको साझा कार्यक्रम भएकोले  समस्त मिडियाकर्मी तथा सम्पूर्ण सामाजिक, धार्मिक तथा जातीय संघ-संस्थाहरुको  साथ र सहयोगको अपेक्षा गर्दै समयमै उपस्थिति भइ कार्यक्रम सफल बनाउन आव्हान गरेका छन् ।   

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...