१० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउने, ५ लाख युवालाई रोजगारी लगायतका महत्वाकाँक्षी योजनासहितको काँग्रेसको घोषणापत्र सार्वजनिक

Published Date: April 25, 2017

काठमाण्डौ-वैशाख १२, स्थानिय तहको निर्बाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेसले पार्टीको आधिकारिक घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा काँग्रेस  सभापति शेरबहादुर देउवाले   ५१ पृष्ठ लामो तीन खण्ड र १२ शीर्षकमा विभाजित घोषणापत्र   १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउने महत्वकांक्षी लक्ष्य सहितको घओषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा नेपाली कांग्रेसले प्रत्येक वर्ष तीनदेखि पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ भने विकास योजना अन्तर्गत विभिन्न चार महानगरको विकास योजनालाई प्राथमिकता दिएको छ।

घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ।’

स्थानीय सरकारहरुले विशिष्ट पर्यटन क्षेत्र पहिचान गर्ने, ऐतिहासिक, धार्मिक-सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई आर्थिक आयको आधार बनाउने, पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलमा लगानीकर्ता भित्र्याउने, परम्परागत भौतिक संरचनालाई मौलिक एवं वुटिकका आवासमा परिर्वतन गर्न प्रोत्साहन गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले केन्द्र र प्रदेशमाथिको निर्भरता घटाउँदै स्थानीय राजश्वको अधार फराकिलो बनाउने बताएको छ । ‘उद्यमीलाई दोहोर करको भार नपार्ने मात्र होइन, करको भार पनि न्यूनमत हुने गरी नीति ल्याइनेछ, उसले भनेको छ ।

करको प्रशासनिक प्रक्रिया सरल गर्ने, सम्पत्ति, व्यवसाय, विज्ञापन, घर बहाल, मनोरञ्जन कर जस्ता स्थानीय आम्दानीका स्रोतको अभिलेख राख्ने र सूचना प्रविधिको प्रयोग गरेर पारदर्शी बनाउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । सार्वजनिक खरिद अनुगमन र नागरिक रिपोर्ट कार्ड जस्ता स्थानीय सरकारलाई जवाफदेही बनाउने विधि अपनाइने उसले बताएको छ ।

कांग्रेसले संघीय बजेटको आधाभन्दा बढी प्रदेश र स्थानीय सरकारमा साझै पठाउने प्रतिवद्धता जनाएको छ । यो आगामी आर्थिक वर्षमा नै करिव ६०० अर्ब हुने उसले बताएको छ ।

उसले घोषणा पत्रमा नै स्थानीय सरकारले परियोजना सुरु गर्दा खोजिने आधार पेश गरेको छ, जसमा रणनीतिक, विकास, वित्तीय, प्राविधिक र व्यवस्थापकीय छन् ।

कांग्रेसले १० वर्षभित्र भोकमरी र कुपोषण अन्त्य गर्ने र गरिबीको रेखामुनि रहेका जनताको संख्यालाई  ३ प्रतिशतभन्दा तल झार्ने कांग्रेसको संकल्प छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...