पहिलो चरण चुनाव हुने जिल्लाका उम्मेदवारको सुची प्रकाशित

Published Date: May 4, 2017

काठमाडौं २१ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणमा चुनाव हुने ३४ जिल्लाका उम्मेदवारको सूची बुधबार प्रकाशित गरेको छ ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्रले दिएका उम्मेदवारीको सूची मंगलबार नै प्रकाशित गरिने भनिए पनि कतिपय जिल्लामा राति अबेरसम्म उम्मेदवारी दर्ता भएकाले बुधबार सूची प्रकाशित गरिएको आयोगले जनाएको छ ।  निर्वाचन अधिकृतको कार्यालयले मनोनयन जाच गरेर बिहीबार उम्मेदवारकोे नामावली प्रकाशन गर्नेछ । पहिलो चरणमा वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा निर्वाचन हु“दैछ । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउ“पालिकामा चुनाव हुनेछ । पहिलो चरणको चुनावबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् । यस्तै २ हजार ५ सय ९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वाचित हुने छन् । चुनावमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता सहभागी हुदैछन् । मतदानका लागि निर्वाचन आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...