महाअभियोग माथि छलफल हुन सकेन

लगातारको नाराबाजीपछि संसद आईतवारसम्म स्थगित

Published Date: May 5, 2017

काठमाडौं २२ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा कार्यसूची रहेको थियो ।
व्यवस्थापिका संसद बैठक नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले अवरुद्ध पारेका छन् ।
सभामुखले महाअभियोग प्रस्तावका प्रस्ताव मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय दिएपछि कांग्रेस सांसद मीन विश्वकर्मा अघि बढ्न खोजेका थिए तर, विपक्षी सांसदहरुले उनलाई रोकेका थिए ।
प्रस्तावक नै रोष्टममा जान नपाएपछि सभामुख ओनसरी घर्ती मगरले विपक्षीलाई आसन ग्रहण गर्न आग्रह गरिन् ।
एमाले सांसदहरु बैठक सुरु भए लगतै उठेर विरोध गरे गरेका थिए ।
विपक्षी सांसदहरुको लगातारको नाराबाजीपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...