वृद्धभत्ता लिन वृद्धवृद्धालाई सास्ती

Published Date: May 11, 2017

ध्रुव अधिकारी, हेटौंडा, २७ वैशाख

स्थानीय तहको निर्वाचनमा उम्मेदवार मत आफ्नो पक्षमा पार्न दौडधूप गरिरहेका छन् । सबै उम्मेदवारले सामाजिक सुरक्षा भत्ता सहज रूपमा उपलब्ध गराउनेदेखि वृद्धवृद्धाका लागि धेरै एजेन्ड सार्वजनिक गरिरहेका छन् । तर, हेटौंडाका वृद्धवृद्धाले वृद्ध भत्ता लिन सकस भइरहेको छ ।

उम्मेदवार वृद्धवृद्धाका लागि मीठा योेजना लिएर चुनाव प्रचारमा दौडिरह“दा वृद्धवृद्धाले वृद्ध भत्ताका लागि बैंकमा सास्ती भोगिरहेका छन् । वैशाखको चर्को घाममा वृद्धवृद्धा घण्टौं लाइनमा बसेर हेटौंडाको नेपाल बैंक लिमिटेडबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

सामाजिक सुरक्षा भत्ता लिन वृद्धवृद्धा आफैं बैंकमा जानुपर्ने भएपछि समस्यामा परेका हुन् । हेटौंडा उपमहानगरपालिका भित्रका वृद्धवृद्धा ८ हजार सामाजिक सुरक्षा भत्ता दिन लामो यात्रा गरी घण्टौं लाइनमा बस्नु पर्दा समस्यामा परेका हुन् ।

हेटौंडा–१२ भोर्लेबाट आएका ७३ वर्षीय मानबहादुर विश्वकर्मा वडाबाटै भत्ता लिन सजिलो भएको बताउ“छन् । अहिले बैंकमा सास्ती भएको भन्दै गुनासो पोखे । बैंकले वृद्धवृद्धालाई छिटो र सरल सेवा प्रदान गर्नुपर्नेमा विभिन्न वहानामा घण्टौं घामपानीमा राखेर यातना दिएको उनले आरोप लगाए ।

हेटौंडा १४ बाट आएका हरिप्रसाद पौडेल बैंकले दुःख दिएको प्रति रुष्ट छन् । उनले भने, ‘यहाँसम्म आएको भाडा कसले दिन्छ ? हामी यसरी बिजोग भएर बस्दा कसले जिम्मा

लिन्छ ? त्यत्तिकै दुःख दिन त पाइन्न ।’ उनले ओत लाग्ने ठाउ“सम्म नभएको स्थानमा शारीरिक रूपमा कमजोर वृद्धवृद्धालाई घण्टौं कुराउने काम बैंकले गरेको बताए ।

हेटौंडा–१४ बाटै आएकी ७८ वर्षीया सुकुमाया स्याङ्तानले यो उमेरमा पनि सरकारले दुःख दिएको गुनासो गरिन् । उनले पनि वडाबाटै आफूलाई सजिलो भएको बताइन् । हेटौंडा– १२ घरेडी डा“डाका ९३ वर्षीय मानवीर घलानले बैंकमार्फत भत्ता दिन थालेपछि वृद्धवृद्धाले दुःख पाएको बताए ।

बैंकको गेटबाहिर चर्को घाममा वृद्धवृद्धाको भीड लागे पनि बैंकले भित्र पस्न र बस्न नदिएको उनीहरूको गुनासो छ । केही महिना अघिसम्म वडाबाटै सामाजिक सुरक्षा भत्ता दिइएको भए पनि अहिले सरकारले बैंक खाताबाट भत्ता वितरण गरिरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...