इजरायलमा राष्ट्रिय तामाङ घेदुङ इजरायलको स्थापना

अध्यक्षमा निर्मला स्याङ्वा लामा चयन

Published Date: May 16, 2017

ए1न्यूज नेपाल

इजरायलमा रहेका तामाङ समुदायको एक समुहले “राष्ट्रिय तामाङ घेदुङ इजरायल” को स्थापना गरेका छ । गत शनिवार इजरायलको तेलअभिवस्थित सेन्ट्रल बस स्टेसनको पछाडिको सानो पार्कमा भेला भएका  विक्रम लामा तामाङको संयोजकत्वमा आयोजित तामाङ समुदायका नेपालीहरुको एक भेलाले  निर्मला स्याङ्वा लामाको अध्यक्षतामा ३७ सदस्यिय कार्य समिति चयन गरेको हो ।

गत शुक्रवार राती सोही पार्कमा आयोजित नेपाल तामाङ घेदुङ इजरायलको तेस्रो अधिवेशमा नेतृत्वको विषयलाई लिएर केही विवाद भएपछि नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्ट जनाउदै केही बर्ष अघि भिन्दाभिन्दै रुपमा रहेका तामाङहरुको संस्था नेपाल तामाङ समाज इजरायल र नेपाल तामाङ घेदुङ इजरायललाई  एकता गर्न उल्लेख्य भुमिका निर्वाह गरेका स्वतन्त्र तामाङ समुदायका  तामाङहरुको पहलमा नेपालमा सक्रिय रुपमा रहँदै आइरहेको “राष्ट्रिय तामाङ घेदुङ नेपाल” सँग सम्वद्द रहने गरी  राष्ट्रिय तामाङ घेदुङ इजरायलको स्थापना गरिएको संयोजक विक्रम लामाले बताउनुभयो । संयोजक लामाले विश्वभरीका तामाङहरुलाई एकता गराउने विशुद्द सामाजिक उद्देश्यले स्थापना गरिएको संस्थामा नेपालको फोहोरी राजनितीक गन्ध फैलाउदै अलोकतान्त्रिक ढंगले कार्यसमिति चयन गरिएकोमा केही जान्नेवुझ्ने भनिदाहरुबाट वहुसँख्यक तामाङहरुको भावनामाथि खेलवाड भएको भन्दै  राष्ट्रिय तामाङ घेदुङ नेपालको शाखा इजरायल गठन गरिएको बताउनुभयो ।

नबगठित “राष्ट्रिय तामाङ घेदुङ इजरायल”को अध्यक्षमा निर्मला स्याङ्वा लामा, सहअध्यक्षमा मछिन्द्र तामाङ, प्रथम उपाध्यक्षमा दिनेश मोक्तान, द्वितिय उपाध्यक्षमा निरु मोक्तान, महासचिवमा भरत लामा, सचिवमा मिन कुमार लामालाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा निमा अनिता योञ्जन रहेकी छिन् भने सह कोषाध्यक्षमा टलक लामा चयन भएका छन्  । त्यस्तै सदस्यहरुमा धन कुमार लामा, प्रल्हाद लामा, राम लामा, जमुना लामा, जोस्ना तामाङ, सिमा योञ्जन, दिपा तामाङ, अमन पाख्रिन, जीवन गोले, रोजिना तामाङ, सुकु तामाङ, सागर तामाङ, विकाश तामाङ, कमल लामा, एजिना तामाङ, प्रविन तामाङ, उमा लामा, लुजा तामाङ, सरिता तामाङ,. सोमा तामाङ, लालमाया तामाङ, सुमित्रा तामाङ, माया मोक्तान, माया दोङ, सुमित्रा लामा, शोभा तामाङ, लाल गोरी तामाङ,  रन कुमारी तामाङ र शुशिला तामाङ रहेका छन् ।

कार्यसमिति चयनपश्चात आफ्नो मन्तव्य राख्दै अध्यक्ष निर्मला स्याङ्वा लामाले रोजगारीको शिलशिलामा इजरायलमा रहदा आईपर्ने बिभिन्न समस्याहरुको सामुहिक समाधन र एक आपसमा सहयोग आदान प्रदानगर्नको लागि, एउटा साझा संगठन गठन गर्नु आवश्यकता मह्सुस गरिएको र आफ्नो तामाङ जातिय भाषा, धर्म लिपी र संस्क्रितीको संरक्षण, सम्बर्दन गर्नकोलागि,नेपाल बाहिर जुनसुकै मुलुकमा रहेतापनि अन्य संघ संस्थाहरुसँग समव्यवय गर्दै  अघि बढने उद्देश्यका साथ उपस्थित सामुहिक भेलाको निर्णयले  “राष्ट्रिय तामाङ घेदुङ इजरायल” को गठन गरिएको बताउनुभयो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...