१८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक मिस नेपाल– २०१७ घोषित (भिडियो पनि)
मिस नेपालको ताज निकिता चन्दकले जितेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित मिस नेपाल २०१७ को ग्राण्ड फिनालेमा अरु १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मोरङकी चन्दकले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्।
उनलाई मिस नेपाल २०१६ अश्मी श्रेष्ठले मिस नेपालको ताज पहिर्याइदिइन्। मिस नेपालको ताजसँगै चन्दकले अन्य दुईवटा टाइटल अवार्ड पनि जितिन्, मिस कन्फिडेन्ट र मिस पपुलर च्वाइस अवार्ड।
त्यस्तै, मिस नेपाल अर्थको अवार्ड रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनको अवार्ड नीति शाह र मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनलको अवार्ड सहारा बस्नेतले जितेकी छन्।
----------