कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित

Published Date: June 6, 2017

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।  उनले चौथो पटक नेपालको प्रधानमन्त्री बन्ने मौका समेत पाए ।

काँग्रेस सभापती शेर देउवा माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा प्रधानमन्त्री भएका हुन् ।

प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो ।

देउवाको पक्षमा  ३८८ मत र्पयो भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धन उम्मेदवारीविरुद्ध उभिएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...