राप्रपा इजरायलले केन्द्रिय नेताहरुको सहभागितामा विशेष राजनितिक अन्तरक्रियात्मक कार्यक्रम गर्यो

Published Date: June 8, 2017

ए1न्यूज इजरायल

प्रवासी नेपाली एकता समाज (राष्ट्रिय प्रजातन्त्र पार्टी) इजरायलले वुधवार अनलाइन कन्फेरेन्स मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अधिवक्ता भुवन पाठक र प्रवास विभाग प्रमुख विजय खड्काको आतिथ्यमा विशेष राजनितिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

पार्टीले पहिलो चरणको स्थानिय निर्वाचनमा व्यहोर्नुपरेको अकल्पनिय परिणाम, पार्टीको भावी रणनिती र आगामी स्थानिय निकायको दोस्रो चरणको निर्वाचनको तयारीको विषयमा कार्यक्रममा उपस्थितहरुविच उठेका जिज्ञासाहरुको केन्द्रिय नेताद्वय प्रवक्ता भुवन पाठक र प्रवास विभाग प्रमुख विजय खड्काले जवाफ दिनुभएको राप्रपा इजरायलले जानकारी दिएको छ ।

कार्यक्रमा सहभागी अधिकांशले निर्वाचनमा पार्टीले व्यहोर्नु परेको अकल्पनिय परिणाम र सरकारमा पार्टीको सहभागिताको बिषयमा जिज्ञासाहरु राखेको संस्थाकी उपाध्यक्ष पर्वतमाला केसी जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रिय प्रवक्ता भुवन पाठकले राप्रपाले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपाल भन्ने पार्टीको स्फ्ष्ट एजेन्डालाई पार्टीको विधानमै उल्लेख गरिएको बताउनुहुदै संभवत अन्य कुनै पार्टीले पनि आफ्नो विधानमै आफ्ना एजेन्डाहरुलाई उल्लेख नगरेको जिकिर गरेका थिए ।

प्रवासी नेपाली एकता समाज इजरायलका अध्यक्ष रमेश शर्मा अर्यालको सभापतित्व रहेको उक्त कार्यक्रममा उल्लेख्य इजरायलवासी राष्ट्रप्रेमी नेपालीको सहभागिता रहेको थियो ।

इजरायलको स्थानिय समयअनुसार साँझको करिव ६ बजेदेखि रातको करिव ८ बजेसम्म चलेको उक्त कार्यक्रमको संचालन प्रवासी नेपाली एकता समाज इजरायलका उपाध्यक्ष शिशिर खनालले गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...