इजरायलका धार्मिक संस्थाहरुको आयोजनामा संयुक्त रुपमा जन्माष्टमी मनाईदै

Published Date: June 27, 2017

एन आइ न्युज इजरायल,

गएका बर्षहरुमा जस्तै यसपाली पनि इजरायलबासि नेपालीहरुले बिशेष कार्यक्रमको आयोजना गरि संयुक्त रुपमा श्री कृष्ण जन्माष्टमी मनाउने भएका छन् ।

इजरायलमा रहेका धार्मिक संस्थाहरु हिन्दु जागारण नेपाल अभियान इजरायल र श्रीकृष्ण प्रणामी गैर आवासिय युवा परिषद इजरायल को संयुक्त आयोजनामा आगामी १८ अगस्ट शुक्रवार तेलअभिवमा बिशेष धार्मिक कार्यक्रमको आयोजना गरी जन्माष्टमी महोत्सव मनाउने तयारी गरिरहेको आयोजकले बताएका छन् ।

गएका बर्षहरुमा पनि यी दुई संस्थाको संयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारी विविध मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरी जन्माष्टमी पर्व मनाउदै आरहेका छन् ।

आयोजकले  श्री कृष्ण जन्माष्टमी  तिथी अनुरुप १४ अगस्तमा परेको भएता पनि इजरायलमा रहेका नेपालीहरुको विदाको प्रकृतिलाई मध्यनजर गर्दै  शुक्रबार-शनिबार छुट्टीको दिन पारेर   १८ अगस्त शुख्रवारको दिन मनाउन लागिएको बताएका छन् ।

शुक्रबार साझ ६:०० देखि शुरु हुने भनिएको उक्त कार्यक्रममा आयोजकले इजरायलबासी सम्पूर्ण संघ संस्था तथा सम्पूर्ण सुन्दरसाथजीहरू तथा धार्मिक मनहरुलाई यहि समाचार मार्फत  उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...