नेपाली राजदूतावास इजरायलद्वारा पहिलो चरणमा जेरुशलेम र तिबेरियामा शिविर संचालन

Published Date: July 2, 2017

एनआइ न्यूज इजरायल

  इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा रहेका नेपाली कामदारहरुको सुविधालाई मध्यनजर गर्दै शनिवार इजरायलको राजधानी जेरुशलेम र इजरायलको उत्तरी भेगमा रहेको तिवेरियामा घुम्ती शिविर संचालन गरेको छ ।

इजरायलमा रहेका केयरगिभर कामदारहरुले भनेको समयमा विदा लिन कठिनाई पर्ने कतिपय कामदारहरुलाई विदा पाइहाले पनि शुक्रवार वेलुकीदेखि शनिवार मध्यान्नह सम्म मात्र पाउने र सो अवधिमा दूतावासको कार्यालय वन्द रहने भएकाले दूतावासबाट सेवा लिन असहज भएको भन्दै जनताको घरदैलोमा सुविधा पुर्याउने उद्देश्यले दुतावासको पूर्व योजना अनुरुप  संचालन गरिएको पहिलो चरणको शिविर अन्तरगत जेरुशलेमको  यहुदा मकावी ३ मा गरिएको शिविरमा दर्जन वढि नेपालीहरुले अन्तरक्रिया गरेका छन् भने केही नेपालीहरुले सुविधा समेत लिएका छन् ।

जेरुशलेममा दिउसो करिव २ बजेदेखि संचालन गरिएक उक्त शिविरमा संक्षिप्त प्रतिक्रिया दिदै दूतावासका सहचारी भोज कुमार भट्टराईले नेपाली राजदूतावासले नेपाली कामदारहरुलाई वढि भन्दा वढि सुविधा दिने मनसायले इजरायलको विदाको प्रक्रिती अनुरुप शुक्रवार र शनिवार अफिस वन्द रहने हुदा आफूहरुको फुर्सदको समयको सदुपयोग गर्दै सो समयमा नेपालीहरुलाई सेवा प्रदान गर्ने दुतावासको योजना अनुरुप राजदूतावास अवस्थित तेलअभिव शहरदेखि दुर दराजमा रहका नेपालीहरुलाई लक्षित  गरी शिविर संचालन गरिएको बताउनुभयो । उहाँले शिविर पहिलो पटक परिक्षण स्वरुप गरिएकोले सफल भए आउदा दिनहरुमा अझ प्रचारप्रसार गरी यसलाई निरन्तरता दिइने बताउनुभयो ।

नेपाली राजदूतावास इजरायलकी द्वितिय सचिव आस्था सुव्वाको नेतृत्वमा  दूतावासका सहचारीद्वय कमल कोइराला र भोजकुमार भट्टराई सहित आएको दूतावासको टोलीले कम्प्युटर , प्रिन्टर, लेटरप्याड लगायत आवश्यक कार्यालय समाग्रीहरु साथमा लिएर आएको थियो भने सुविधा लिन आउने नेपालीहरुलाई तत्कालै सुविधा प्रदान गरेको थियो । सुविधा लिन आउने नेपालीहरुमा अधिकांशले पेपर भिसामा विदामा नेपाल जाँदा आवश्य कागजातहरु बनाएका छन् । उपस्थितहरुविच इजरायलमा विकराल समस्याको रुपमा रहदै आइरहेका लेनदेनका घटनाहरु, विभिन्न सामाजिक संघ संस्थाहरुविच कार्यक्रम गर्ने होडवाजी र त्यसमा नेपाली राजदूतावासले निर्वाह गर्न सक्ने संभावित समन्वयको विषयमा पत्रकारहरुविच छलफल भएको थियो ।

जेरुशलेममा गरिएको शिविरको व्यवस्थापनमा पशुपती दर्शन युवा क्लव इजरायलकी अध्यक्ष समाजसेवी  रश्मी शर्मा अर्यालले शिविर संचालनको निम्ती स्थान तथा खानपान व्यवस्थापनकोलागि  नेपाली राजदूतावासलाई आवश्यक सरसहयोग प्रदान गरेकी थिइन ।

त्यस्तै तिवेरियामा राजदूत निरञ्जन कुमार थापा, उहाँकी पत्नी र प्रथम सचिव हरिहरकान्त अर्यालको उपस्थितीमा संचालन गरिएको शिविरमा करिव २ दर्जन भन्दा वढि नेपालीहरुले अन्तरक्रिया तथा सुविधा लिएका छन् ।

तिवेरियामा कार्यरत समाजसेवी कृष्ण वरालको पूर्ण सहयोगमा सुकन्दालेत मार्ग १०२६ मा गरिएको  शिविरमा  नेपाली राजदूतावासले प्रदान गर्ने सेवाहरु र कतिपय सेवाहरु लिदा के कसरी प्रक्रियाहरु सुरु गर्ने भन्ने विषमा अन्तरक्रिया गरिएको थियो ।  कार्यक्रममा बोल्दै नब नियुक्त राजदूत निरञ्जन कुमार थापाले इजरायलमा रहेका नेपालीहरुमा आइपर्ने हरेक समस्याहरु निराकरणमा नेपाली राददूतावास सदैव सहयात्री बनेर अगाडि वढ्ने प्रतिवद्दता जाहेर गर्नुभएको थियो ।

शिविरमा नेपाली राजदूतावासले प्रदान गर्ने सेवाहरु लगायत त्यहाँ रहेका कामदारहरुमा रहेका समस्याहरुको विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य सुवास खरेलको पनि उपस्थिती रहेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...