मिर्गौला निकालिएका रिमालको उजुरी दर्ता भएन

Published Date: July 6, 2017
नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमाल

अप्रेसनका क्रममा विनाअनुमति मिर्गौला निकालेको भन्दै मनमोहन मेमोरियल मेडिकल कलेजविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालयले दर्ता गराउन नमानेको पीडित पक्षले गुनासो गरेको छ ।

२५ जेठमा पत्थरीको अप्रेसन गर्ने क्रममा मनमोहन मेडिकल कलेजले नुवाकोट विदुर नगपालिका– १२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला निकालेको थियो ।

न्यायको माग गर्दै उजुरी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे पनि प्रशासनले दर्ता गराउन नमानेको रिमालले बताए । उनले नयाँ पत्रिकासँग भने, ‘करिब २ घन्टा जिल्ला प्रशासन कार्यालयमा बस्यौँ । तर, प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले कुरा सुन्नै चाहनुभएन । यसले हामीलाई थप दुःखी तुल्याएको छ ।’

कुरा गर्न खोज्दा आफूलाई सबै विषय जानकारी भएको भन्दै पन्थीले अर्को दिन आउन भनेको रिमालले बताए । उपचारका क्रममा आफु र परिवारको सहमतिविना मिर्गौला निकालेको भन्दै रिमालले मेडिकल कलेजमाथि कार्बाहीको माग गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...