Loading...

किन हुन्छ डाक्टरमाथि बारम्बार आक्रमण ? (सरला कट्टेलको विशेष रिपोर्ट)

Published Date: July 8, 2017

सरला कट्टेल, काठमाण्डौ

कान्ति बाल अस्पतालमा गत ६ वैशाखमा बिरामीका आफन्तले डाक्टरमाथि आक्रमण गरे । आकस्मिक कक्षमा भर्ना भएका बच्चाको उपचारमा डाक्टरले ध्यान नदिएको भन्दै बच्चाका आफन्त अनिल श्रेष्ठले डा. मुकुन्दकुमार देवमाथि दुव्र्यवहार गरे । त्यसको भोलिपल्ट बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग उपचार केन्द्रका चिकित्सकमाथि पनि दुव्र्यवहार भयो । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै डा. रवीन्द्र भट्टमाथि बिरामीका आफन्तले आक्रमण गरे । मृतकका आफन्त महेश बस्नेत र राजन अधिकारीले डाक्टरमाथि आक्रमण गरेका थिए ।

चिकित्सकमाथि दुई दिनको अन्तरमा भएका यी दुई आक्रमणले अस्पताल कति सुरक्षित छ भन्ने प्रस्ट हुन्छ । यस्ता घटनाले कतिपय चिकित्सक गम्भीर बिरामीको उपचार गर्न नै डराउन थालिसकेका छन् । पछिल्लो १० वर्षमा २ सयभन्दा बढी चिकित्सकमाथि बिरामी पक्षबाट दुव्र्यवहार तथा आक्रमण भएका छन् ।

दुव्र्यवहार गर्नेलाई मुद्दा

चिकित्सकमाथि दुव्र्यवहार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा चलाउन थालेको छ । कान्ति अस्पतालका डा. देवलाई आक्रमण गर्ने श्रेष्ठलाई पक्राउ गरी प्रहरीले सार्वजनिक अपराध मुद्दा दायर ग¥यो । उनी २५ हजार धरौटीमा रिहा भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।

त्यस्तै, नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेज (न्युरो अस्पताल) बाँसबारीमा ०७३ फागुन १ मा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा संलग्न डाक्टर र अस्पतालमा समेत तोडफोड गरे । केही डाक्टर र कर्मचारी घाइते भए । सोही क्रममा प्रहरीले १२ जना मृतकका आफन्तलाई पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा दर्ता ग¥यो । प्रहरीले आक्रमणको आरोपमा सोमराज कटुवाल, कृष्ण श्रेष्ठ, मिलन श्रेष्ठ, प्रेमराज सिल्पकार, सौरभ दवाडी, सन्देश थापा, महेश कायस्थ, प्रकाश नगरकोटी, विजय तामाङ, सुजन कुतुवार, लक्ष्मण कुतुवार, विजय श्रेष्ठलाई मुद्दा दायर गरेको थियो । उनीहरू २–२ हजार धरौटीमा रिहा भएका थिए । अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्नेलाई प्रहरीले सार्वजनिक अपराध ऐनअनुसार मुद्दा दायर गरेको डिएसपी पुरीले बताए ।

किन हुन्छ आक्रमण ?

डाक्टरलाई थर्काएपछि मात्र उपचार गर्छन् भन्ने गलत सोचाइका कारण यस्ता घटना हुने गरेको कान्ति बाल अस्पतालका डा. मुकुन्दकुमार देव बताउँछन् । यस्तो गलत सोचाइले चिकित्सक असुरक्षित भएको उनी बताउँछन् । कुनै लापरबाही नगरी बिरामीको उपचार गरिरहेका वेला आफूमाथि बिरामीका आफन्तले आक्रमण गरेको उनले बताए । ‘एउटा डाक्टरले दिनमा ५० देखि सयजनासम्म बिरामी हेर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यसकारण धेरै समय लगाएर बिरामी हेर्न सक्दैनन् । नेपालमा डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने कडा मापदण्ड पनि छैन, भएको कानुनको पनि कार्यान्वयन हुन सकेको छैन, त्यसैले डाक्टरहरूमाथि बारम्बार आक्रमणका घटना दोहोरिरहन्छन् ।’

यस्तो छ ऐनमा व्यवस्था

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६३ मा अस्पतालमा हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने उल्लेख छ । यस्तो कसुर गरेको भेटिए पाँच हजारदेखि तीन लाखसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद हुने उल्लेख छ । तर, ऐनमा उल्लेख भएको सजायले डाक्टरमाथि आक्रमण गर्नेहरूको मनोबल बढिरहेकाले उनीहरूलाई धरौटीमा नछाडी जेलमै राख्नुपर्ने चिकित्सक संघको माग छ ।

थोरै डाक्टरले धेरै बिरामी हेर्नुपर्छ

बिरामीको राम्रोसँग उपचार नगरेको आरोपमा चिकित्सकमाथि आक्रमण हुने गरेको छ । नेपालमा बिरामीको संख्याअनुसार चिकित्सक कम भएकाले पनि यस्तो समस्या हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले डाक्टरले एकजना बिरामीलाई कम्तीमा १५ मिनेट समय दिनुपर्ने मापदण्ड तोकेको छ । तर, नेपालमा यो मापदण्ड लागू भएको छैन । एक घन्टामा डाक्टरले दर्जनभन्दा धेरै बिरामी हेर्नुपर्छ । चिकित्सकको संख्या थोरै भएकाले यस्तो समस्या देखिएको हो ।

सरकारले ०४८ सालदेखि अहिलेसम्म डाक्टरको दरबन्दी तोकेको छैन । कहीँ–कतै दरबन्दी बढाए पनि चाहिएजति जनशक्ति अभाव छ । देशमा १ करोड जनसंख्या हुँदा चिकित्सकको दरबन्दी पुरानै कायम रहँदा स्वास्थ्य सेवा गुणस्तरीय हुन सकेको छैन । डब्लुएचओले एक चिकित्सकले एक दिनमा बढीमा ३० जना बिरामी हेर्नुपर्ने मापदण्ड बनाएको छ । तर, नेपालका सरकारी अस्पतालमा एउटा डाक्टरले दिनमा कम्तीमा १ सयदेखि डेढ सयसम्म बिरामी हेर्नुपर्ने अवस्था छ । नेपाल मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या १९ हजार रहेको छ । जसमा सरकारी चिकित्सकको संख्या १६ सय ५० छ । आवश्यकताअनुसार चिकित्सक नहुँदा स्वास्थ्य क्षेत्रमा समस्या छ । चिकित्सकमाथि दुव्र्यवहारको एउटा कारण चिकित्सकको अभाव पनि हो ।

८० चिकित्सक कारबाहीमा

उपचारका क्रममा केही चिकित्सकले लापरबाहीसमेत गर्ने गर्छन् । नेपाल मेडिकल काउन्सिलले पछिल्लो तीन वर्षमा उपचारमा लापरबाही गर्ने तथा खराब आचरण भएका ८० भन्दा बढी चिकित्सकमाथि अनुसन्धान गरिरहेको छ भने केहीलाई कारबाहीसमेत गरेको छ । उपचारको क्रममा बिरामीमाथि खराब व्यवहार गर्नेे, बिरामीको उपचारमा लापरबाही गर्ने, महिला बिरामीमाथि दुव्र्यवहार गर्नेलगायत खराब आचरण भएका डक्टरमाथि काउन्सिलले कारबाही गरेको हो । उपचारको क्रममा गल्ती गर्ने केही घटना अनुसन्धानकै क्रममा रहेको र केहीको त कारबाहीस्वरूप डाक्टरको काउन्सिलले दर्ता खारेजसमेत गरेको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष दिलीप शर्माले जानकारी दिए । मेडिकल शिक्षामै हुने कमजोरीले पनि चिकित्सकले उपचारमा लापरबाही गर्ने गरेका छन् ।

पैसामा दोषी डाक्टरलाई उन्मुक्ति ?

गत २१ जेठमा ललितपुरको मिडाट अस्पतालमा अप्रेसनको क्रममा बिरामीको मृत्यु भयो । पाठेघरको अप्रेसनपछि बिरामी पूर्णकुमारी श्रेष्ठको मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले श्रेष्ठको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालविरुद्ध नाराबाजी गर्दै तोडफोडको प्रयास गरे । चिकित्सकको प्रस्ट लापरबाही थियो । पाठेघरको अप्रेसनका क्रममा बिरामीको आन्द्रासमेत काटिएको थियो । आन्द्राको समेत अप्रेसन गर्ने क्रममा बिरामीको अवस्था गम्भीर भई पाटन अस्पताल पु¥याइएको थियो । पाटन अस्पतालमा बिरामीको मृत्यु भएको थियो । मृतकका आफन्तले नाराबाजी गरेपछि अस्पतालले तत्काल गल्ती स्वीकार्दै ३० लाख राहत दिने सहमति गरे । अप्रेसनका क्रममा डा.रञ्जना श्रेष्ठ नेतृत्वको टिमले गम्भीर गल्ती गर्दा बिरामीको मृत्यु भएको थियो । तर, उक्त घटनाको कतैबाट पनि छानबिन र कारबाही भएन । उपचारका क्रममा गम्भीर लापरबाही भएपछि लाखौँ राहत दिएर गुपचुप रूपमा मिलाइएका घटना प्रशस्तै छन् । तर, यस्ता घटनाको छानबिन र कारबाही नहुँदा मेडिकल पेसामा शुद्धीकरण हुन सकेको छैन ।

डाक्टरमाथि आक्रमणका घटना

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि ९ जेठ ०६३ मा लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत डाक्टर श्रीकृष्ण गिरीमाथि मृतकका आफन्तले आक्रमण गरे । आक्रोशित समूहले डाक्टर गिरीमाथि कुटपिट गरी अस्पतालमा समेत तोडफोड ग¥योे ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले ०६३ जेठ १० मा काठमाडौंको एभरेस्ट नर्सिङ होममा स्वास्थ्यकर्मीमाथि आक्रमण भयो ।

उपचारकै क्रममा बिरामीको मृत्यु भएपछि जनकपुर अञ्चल अस्पतालमा ०६३ असार २ गते आफन्तले अस्पतालमा कार्यरत डाक्टर र अस्पतालमा आक्रमण गरे । दुर्घटनामा सख्त घाइते भएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्टलगायत अन्य स्वास्थ्यकर्मीमाथि हातपात तथा अस्पताल तोडफोड भएको थियो ।

०६३ भदौ १२ गते राति वीर अस्पतालमा इमर्जेन्सी बिरामीको उपचारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले आक्रमण गरे ।

०६३ भदौ २८ गते ललितपुरको हरिसिद्धिनिवासी ओमभक्त राईकी वर्ष ३ की छोरी विद्या राईको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरे । सो उपचार कार्यमा संलग्न चिकित्सक डा. नीरज बनेपाली र डा. विनायक ढुंगेलमाथि आफन्तले कुटपिट गरेका थिए ।

०६४ वैशाख ११ गते राति कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवनमा कार्यरत चिकित्सकद्वय डा. मनोज यादव तथा डा. अमित हडोलेलगायत अन्य स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भयो ।

०६४ असार २ गते राति ८ः३० बजे विराटनगर १३ स्थित कोसी अञ्चल अस्पतालका बालरोग विभागमा प्रमुख डा. राम पदारथ बिच्छाको निवासलाई लक्ष्य गरी बम विस्फोट गराइएको थियो ।

०६४ साउन १९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हँुदाहुँदै बिरामीको मृत्युको निहुँमा बिरामीका आफन्तले उक्त अस्पतालमा हुल–हुज्जत गरी, डर–त्रास देखाई एवं चिकित्सक बसेको निवासमा बिरामीका आफन्तले ढुंगामुढा गर्नुका साथै कुटपिट गरेका थिए ।
बिरामीको मृत्युको विषयलाई लिएर ०६४ भदौ २५ गते कान्ति बाल अस्पतालमा चिकित्सकमाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

०६४ भदौ १ गते लाइफलाइन अस्पताल, दमकमा स्थानीयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि जघन्य सांघातिक आक्रमण गरी घाइते तुल्याएको र अस्पताल, एम्बुलेन्स र अन्य सवारीसाधनमाथि तोडफोड गरी आगजनीसमेत गर्ने प्रयास गरेको थियो ।

०६४ मंसिर २ गते नोबेल मेडिकल कलेजका सञ्चालक समितिका अध्यक्ष डा. ज्ञानेन्द्र गिरीलगायत उक्त संस्थाका सञ्चालकलाई वाइसिएलले अपहरण गरी १४ घन्टासम्म शारीरिक र मानसिक यातना दिएको थियो ।

०६४ माघ १० मा मलंगवा अस्पताल, सर्लाहीमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा गालीगलौज गरी कुटपिट गरेको गरिएको थियो ।

०६५ असार २१ गते काठमाडौंस्थित एभरेस्ट नर्सिङ होममा पेटको उपचार भएको र पछि वीर अस्पतालमा निधन भएका बिरामी श्रीनारायण शाहको उपचारको विषयलाई लिएर आफन्तले अस्पतालमा कार्यरत डाक्टर र अस्पतालमा तोडफोड गरेका थिए ।

०६५ भदौ ९ गते धुलिखेल अस्पतालमा सबिना लामाको उपचारको क्रममा निधन भएपछि निजका आफन्तले स्वास्थ्य संस्थामाथि आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए ।
डाक्टरमाथि…

०६५ असोज ६ गते हिमाल नर्सिङ होमका चिकित्सक डा. ऋषि खत्रीमाथि आक्रमण गएको थियो ।

०६५ कात्तिक ९ गते नर्भिक इन्टरनेसनल हस्पिटलमा मोडर्न इन्डियन स्कुलका प्रिन्सिपल जेबी शर्माको उपचारमा ढिलाइले मृत्यु भएको आरोपमा बिरामीका आफन्तले डाक्टरमाथि आक्रमण गर्नुका साथै कुटपिट गरेका थिए ।

०६५ मंसिर १ गते गोर्खा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक डा. विकास जैशी, नेपाल जनस्वास्थ्यका सदस्य एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत अच्युत लामिछानेलगायत स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास भयो ।

०६६ असार १५ गते तुल्सीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा बिरामीको उपचारमा खटिएको समयमा राप्ती अञ्चल अस्पतालका मेडिकल अधिकृत ईश्वरराज देवकोटालाई ३–४ जनाको अज्ञात समूहमा आएका व्यक्तिले सांघातिक आक्रमण गरी घाइते बनाए ।

०६६ भदौ ११ मा नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरमाथि आक्रमण भएको थियो ।

३१ भदौ ०६६ मा जनकपुर अञ्चल अस्पतालमा कार्यरत चिकित्सक कुलदीप पण्डितमाथि सांघातिक आक्रमण भएको थियो ।

उपचारमा लापरबाही गरेको आरोपमा ३ कात्तिक ०६६ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाडजोर्नी विभागमा कार्यरत चिकित्सकहरू डा. कुमुद लिम्बू र डा. मोहम्मद फरिद अमातुल्लाहमाथि बिरामीका आफन्तले कुटपिट गरे ।

१६ मंसिर ०६६ मा नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेज (न्युरो अस्पताल) बाँसबारीमा उपचारका लागि भर्ना गरिएका बिरामीको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले डाक्टरलाई कुटपिट गरी अस्पतालमा समेत तोडफोड गरे ।

१८ चैत ०६६ मा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जका चिकित्सक राजेन्द्र बस्याल, चिकित्सक सुनील झा र चिकित्सक भरत झामाथि आक्रमण भएको थियो ।

०६६ मा नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेज न्युरो अस्पताल बाँसबारीमा डाक्टरमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए ।

०६७ भदौ १ गते जिल्ला अस्पताल सिरहामा चिकित्सक विष्णुदेव मण्डलमाथि हातपात र अस्पतालमा तोडफोड गरिएको थियो ।

१८ असोज ०६७ मा वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए ।

१७ फागुन ०६७ मा अत्यधिक रक्सी सेवन गरेका बिरामीको मृत्यु भएपछि लाहान अस्पतालमा कार्यरत डाक्टरमाथि मृतकका आफन्तले आक्रमण गरेका थिए ।

२६ फागुन ०६७ मा बिपी कोइराला भरतपुर क्यान्सर अस्पताल चितवनमा कार्यरत डा. अन्जनीकुमार झा एवं अन्य चिकित्सकमाथि हातपात गरिएको थियो ।

२३ चैत ०६७ मा दिउँसो नेपाल चिकित्सक संघका पूर्वउपाध्यक्ष एवं नेपाल मेडिकल काउन्सिलका सदस्य डा. अनिलकुमार झामाथि धारिलो हतियार प्रयोग गरी सांघातिक आक्रमण भयोे । नेपाल मेडिकल काउन्सिलमा जाने क्रममा डा. झामाथि धुम्बाराहीमा आक्रमण भएको थियो ।

०६८ भदौ १९ गते धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमाथि अस्पताल विकास समितिका अध्यक्षले आक्रमण गरेका थिए ।

०६८ भदौ २० मा भरतपुर क्याम्पस अस्पतालका डाक्टर शिवजी पौडेलमाथि कार्यालय हाताभित्र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए ।

०६८ जेठ १३ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत डा. शिवजी पौडेलमाथि सांघातिक आक्रमण भएको थियो ।

०६८ माघ २० गते रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाहानमा कार्यरत मेडिकल सुपरिटन्डेन्ट डा. मिश्रीलाल शाहलगायत त्यस अस्पतालमा कार्यरत अन्य कर्मचारीमाथि दुव्र्यवहार भएको थियो ।

०६८ चैत २० गते कोसी अञ्चल अस्पतालमा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले विराटनगरका डाक्टर र कर्मचारीमाथि आक्रमण गरेका थिए ।

०६९ असार २२ र २६ मा भरतपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण भयो ।

०६९ असार २७ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर वसन्त शाहमाथि हातपात र दुव्र्यवहार भएको थियो ।

०६९ साउन १६ मा तेह्रथुम जिल्ला अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले आक्रमण गरी घाइते बनाएका थिए । बिरामीको उपचारमा ध्यान नदिएको आरोपमा बिरामीका आफन्तले डा. सुदन श्रेष्ठमाथि आक्रमण गरेका थिए ।

०६९ भदौ २२ मा क्षेत्रीय अस्पताल राप्तीमा कार्यरत चिकित्सकमाथि मादक पदार्थ सेवन गरेर गएका स्थानीले कुटपिट गरेर घाइते बनाएका थिए ।

०६९ पुस २० मा झापाको दमकमा उपचारको क्रममा सुत्केरी सरस्वती अधिकारीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गर्नुका साथै अस्पतालमा समेत तोडफोड गरेका थिए ।

०६९ चैत २० मा कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा विराटनगर १८ का हेमनारायण यादवको मृत्यु भएपछि डाक्टर र अस्पतालमाथि मृतकमा आफन्तले आक्रमण गरे ।

०७० असार ९ गते सुनसरीको इटहरीको मेरी स्टोप्स सेन्टरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर सूर्यदेव शाहलाई मृतकका आफन्तले आक्रमण गरी घाइते बनाएका थिए । सूर्यदेवमाथि कर्तव्य ज्यान मुद्दासमेत दायर भएको थियो ।

०७२ भदौ २५ मा बाराको कलैयामा रहेको कलैया अस्पतालका डाक्टर शैलेन्द्रकुमार झामाथि आक्रमण गरी गम्भीर घाइते बनाउनुका साथै आक्रमण भएको थियो ।

०७२ भदौ २४ मा पाटन अस्पतालका डाक्टरमाथि मृतकका आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

मधेस आन्दोलनको वेला ०७३ मंसिर ६ मा गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा प्रवेश गरी डाक्टरलाई कुटपिट गरिएको थियो ।

०७३ जेठ २० मा बिरामीको उपचारमा ध्यान नदिएको भन्दै भरतपुर क्यान्सर अस्पतालमा बिरामीका आफन्तले हुलदंगा गर्नुका साथै अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण गरेका थिए ।

०७३ जेठ २३ गते जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टरलगायत अन्य कर्मचारीलाई विप्लव नेतृत्वको माओवादीले मोसो दल्नुका साथै कुटपिट गरेको थियो ।

०७३ जेठ २५ मा बिरामीको उपचारमा ध्यान नदिएको भन्दै बिरामीका आफन्तले कोसी अञ्चल अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आक्रमण गरेका थिए ।

०७३ माघ ९ मा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि नेशनल ईन्चिच्युट अफ न्युरोलोजिस्ट एन्ड एलाइड साइन्स बाँसबारीमा मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरमाथि आक्रमण गरेका थिए । आक्रमणमा संलग्न १२ जनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ ।

०७४ वैशाख वैशाख ६ गते बिरामीको उपचारमा ध्यान नदिएको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि आक्रमण गरे । आकस्मिक कक्षमा उपचाररत बच्चामाथि डाक्टरले ध्यान नदिएको भन्दै बच्चाका आफन्त अनिल श्रेष्ठले डाक्टर मुकुन्दकुमार देवमाथि दुव्र्यवहार गरे । आक्रमण गर्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ ।

०७४ वैशाख ८ मा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले सहिद गंगालालमा कार्यरत डाक्टरमाथि आक्रमण गरे । मृतकका आफन्त महेश बस्नेत र राजन अधिकारीले डाक्टरमाथि आक्रमण गरेका थिए । डाक्टरमाथि आक्रमण गर्ने दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ ।

सरकारी तथा निजी स्कुलमा अनिवार्य रूपमा नर्स राख्न धेरै वर्ष पहिलेदेखि पहल गरिएको हो । तर, अझै पनि योजना कार्यान्वयन भने भएको छैन । सरकारको ०७४÷७५ को बजेट भाषणमा ‘स्कुल हेल्थ नर्स योजना’ सार्वजनिक गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्कुल हेल्थ नर्स योजना कार्यान्वयनका लागि काम त अघि बढाएको छ तर छिट्टै कार्यान्वायन हुने सम्भावना भने देखिएको छैन । यस विषयमा आफूसँग कुनै छलफल नै नभएको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

सो योजना कार्यान्वयनका लागि २ वटा कार्यदल बनाएर काम गरिरहेको स्वाथ्य मन्त्रालय, चिकित्सक महाशाखा प्रमुख भोला श्रेष्ठले बताए । कार्यदलको प्रतिवेदनपछि शिक्षा मन्त्रालयसँग छलफल गरेपछि यो कार्यान्वयनको पक्षमा जाने उनी बताउँछन् । ‘स्वाथ्य मन्त्रालयले सरकारी स्कुलमा पनि स्कुल हेल्थ नर्स राख्ने विषयमा छलफल गरिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘मन्त्रालय र सरोकारवाला पक्षसँग छलफल गरिरहेका छौँ, स्कुल हेल्थ नर्स राख्ने विषयमा धेरै कुरा गर्न बाँकी छ ।’

मन्त्रालय र प्याब्सनबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)बीच स्कुल हेल्थ नर्स राख्ने सम्बन्धमा सम्झौता भइसकेको छ । सम्झौतामा प्रत्येक स्कुलमा एकजना नर्स राख्नुपर्ने उल्लेख छ । विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरी नियमित स्वास्थ्य परीक्षण र स्वस्थ व्यवहार अवलम्बन गराउन प्याब्सन र स्वास्थ्य मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । मन्त्रालय र प्याब्सनबीच भएको सझदारीपत्रमा प्याब्सनले स्कुल हाताभित्र गुलिया पेय पदार्थ र जंकफुड निषेध गर्ने, विद्यार्थीलाई दिवा खाजामा पोषण तत्व भएको खानेकुरा पठाउन अभिभावकलाई प्रेरित गर्ने, हरेक विद्यार्थीलाई कुनै नै कुनै खेलमा सहभागी गराउने, ‘मेरो वर्ष’ अभियानका पाँच प्रतिबद्धता बालबालिकामार्फत घरपरिवारसम्म पु¥याइ व्यवहार प्रवद्र्धन र अवलम्बन गर्न अभिप्रेरित गर्ने र विद्यालयभित्र ‘मेरो वर्ष’ अभियानका पाँचवटा प्रतिबद्धताबारे स्वास्थ्य शिक्षा र प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयले विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामूलक अध्ययन सामग्रीहरू, स्वास्थ्य परीक्षणका लागि अवश्यक उपकरणहरू उपलब्ध गराउने र विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिमको व्यवस्था गर्नेछ ।

शिक्षा मन्त्रालय अनविज्ञ

स्कुल हेल्थ नर्स राख्ने विषयमा शिक्षा मन्त्रालय भने अनविज्ञ छ । आफूसँग कुनै पनि छलफल नभएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताए । स्कुलमा स्कुल हेल्थ नर्स आवश्यक भए पनि अहिले साधारण शिक्षकसमेत अपुग रहेको उनी बताउँछन् । स्कुल हेल्थ नर्सको आवश्यकता रहे तापनि स्रोत र साधनको अभावले काम गर्न नसकिएको उनले बताए । दरबन्दी थप गर्नेबित्तिकै स्कुल हेल्थ नर्स राखिने लम्सालको दाबी छ । देशभर २९ हजार सरकारी स्कुल रहेका छन् ।

एकैपटक ३७ हजारलाई रोजगारी

नर्सिङ पेसामा बेरोजगारी समस्या छ । सरकारले
स्कुल हेल्थ नर्सको व्यवस्था सवै विद्यालयमा राखे
सरकारी विद्यालयमा मात्र करिब ३० हजार नर्सले
रोजगारी पाउनेछन् । त्यस्तै निजी स्कुलमा सात हजारले रोजगारी पाउनेछन् ।
नर्सिङ काउन्सिलमा दर्ता हुने नर्सको संख्या ७२ हजार छ । नर्सिङ एसोसिएसनका अनुसार सरकारी अस्पतालमा २० हजार नर्सले काम गरिरहेका छन् । निजी अस्पतालमा २५ हजार नर्सले काम गरिरहेका छन् । बाँकी नर्स कम पारिश्रमिकमा विभिन्न अस्पतालमा काम गरिहेका छन् ।

७ हजार नर्सले निजी स्कुलमा काम पाउने

प्याब्सनसँग सम्झौता भएसँगै करिब ७ हजार नर्सले प्रत्यक्ष रोजगार पाउनेछन् । आर्थिक वर्ष २०७४–७५ को बजेटमा सरकारले प्रत्येक स्कुलमा नर्स राख्नुपर्ने नीति ल्याएपछि यो नियम बाध्यकारी बनेको हो । अब नयाँ दर्ता हुने स्कुलले एक स्कुल हेल्थ नर्स नभएसम्म विद्यालय खोल्न पाउँदैनन् । निजी विद्यालयले यो नियम कार्यान्वयनमा ल्याए ७ हजार नर्सले रोजगारी पाउनुका साथै विद्यार्थी र अभिभावकले राम्रो स्वाथ्य शिक्षा प्राप्त गर्नेछन् । यो व्यवस्था कार्यान्वयन हुने हो भने तल्लो तहबाटै स्वाथ्यसम्बन्धी सुधार हुनेछ ।

सरकारले सरकारी स्वास्थ्य संस्थामा स्कुल हेल्थ नर्स राख्नका लागि बजेट छुट्याएको छ भने निजी विद्यालयले आन्तरिक स्रोतबाट नर्सहरू राख्नुपर्नेछ । निजी विद्यालयको छाता संगठन प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले कतिपय स्कुलमा पहिल्यै पनि स्कुल हेल्थ नर्सहरू राखेका कारण आफूहरूलाई कुनै समस्या नहुने बताए । देशभर निजी स्कुलको संख्या ७ हजार छ ।

स्कुलमा के हुन्छन् नर्सका जिम्मेवारी ?

स्कुलका बालबालिकको स्वाथ्य अवस्था हेर्ने, बच्चाको केयर गर्ने, बच्चाको मेन्टल हेल्थसमेत ख्याल राख्नुपर्ने हुन्छ ।

उनीहरूले क्लिनिकलसम्बन्धी काम गर्नेछन् । विद्यालयमा हुने सामान्य बिरामी जा चोटपटक लागेमा प्राथमिक उपचार विद्यालयमै नर्सहरूले गर्नेछन् ।

नर्सहरूले स्वाथ्य शिक्षा पनि पढाउनुपर्नेछ । साथै इन्भाइरोमेन्टल हेल्थ, परिवार नियोजन, महिनावारी हुँदा प्याड प्रयोग गर्नेसम्बन्धी कुरा नर्सले सिकाउनेछन् ।

सेनिटेसनका कुराहरू, हात धुने तरिका, खाना खाने तरिका, खानेपानी कस्तो खानेजस्ता कुरा स्कुल हेल्थ नर्सले सिकाउनु पर्नेछ । चाँडो बिहे गर्दा हुने समस्या, यसका बेफाइदा र असरका बारे सिकाइनेछ । बिहे गरेपछि परिवार नियोजनको साधनको प्रयोग कसरी गर्ने, भन्ने विषयमा जानकारी
दिन सक्छन् ।

स्कुल हेल्थ नर्सका लागि कोर्स पर्याप्त छैन

स्कुल हेल्थ नर्स राख्नका लागि अहिले पढाइ भइरहेको कोर्स पर्याप्त नहुने नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । विभिन्न विज्ञहरू, नर्सिङ काउन्सिल, शिक्षामन्त्री, स्वास्थ्यमन्त्रीसँग कुरा गरेर कोर्स परिमार्जन गर्नुपर्ने उनी बताउँछिन् । विद्यालयमा पनि स्कुल हेल्थ नर्ससम्बन्धी कोर्सहरू राखिनुपर्ने पोखरेल बताउँछिन् ।

पैसा उठाउन डाक्टरमाथि आक्रमण गर्ने प्रवृत्ति (डा. मुक्तिराम श्रेष्ठ, अध्यक्ष नेपाल चिकित्सक संघ)

एउटा ग्रुप छ, जसले बार्गेनिङ ग¥यो भने पैसा पाइन्छ भनेर आक्रमण र दुव्र्यवहार गर्दछन् । कुनै अस्पतालमा केही घटना घट्यो कि त्यो समूह त्यहा“ पुगिहाल्छ । घटनालाई उचालेर डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेर त्यो समूहले पैसा लिइरहेका छन् । जसलाई कारबाही गर्ने निकायले कारबाही गर्न सकेको छैन । त्यो समूहले राजनीतिक दलको संरक्षणमा आक्रमण गरिरहेको छ । डाक्टर र बिरामीको अनुपात मिल्दैन, त्यसैले बिरामीले आशा गरेजस्तो उपचार डाक्टरले दिन नसक्दा बिरामीका आफन्तले इमोसनलमा आएर आक्रमण गर्ने गरेका छन् । डाक्टरमाथि आक्रमण गर्नेलाई राजनीतिक दलले संरक्षण गर्दा पनि डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सकिएको छैन । कानुनको लागू गर्ने निकाय कमजोर हुँदा स्वास्थ्य संस्थाहरूमा आक्रमणका घटना घटिरहेका छन् । सरकारी अस्पतालमा एउटा डाक्टरले ५० देखि १०० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । सरकारले दरबन्दीअनुसार चिकित्सक पठाउन सकेको छैन । भएका चिकित्सकलाई पनि काम गर्ने राम्रो वातावरण छैन । ग्रामीण भेगमा जति विशेषज्ञ जा“दा पनि स्रोत–साधनको कमी हुँदा स्वास्थ्यकर्मीले काम गर्न सक्दैन । सरकारी अस्पतालले २५ प्रतिशत मात्र स्वास्थ्य सेवा दिएको छ भने निजी अस्पतालले ७५ प्रतिशत सेवा दिँदै आएको छ । मेडिकल साइन्समा १०० प्रतिशत भन्ने हुन सक्दैन । बिरामी धेरै आउने र डाक्टरले बिरामीलाई समय दिएर हेर्न सक्दैन । त्यही भएर बिरामीका आफन्त असन्तुष्ट छन् । डाक्टर–बिरामी अनुपात नहुँदा बिरामीलाई राम्रो सेवा दिन सकिँदैन । त्यसैले डाक्टरले राम्रो सेवा दिन सकिका छैनन् ।

कानुन कमजोर छ (डा. विष्णुरथ गिरी कान्ति बाल अस्पताल)

अस्पताल अत्यन्तै संवेदनशील ठाउ“ हो । जस्तोसुकै अवस्थामा पनि अस्पताल सञ्चालन गर्नुपर्ने हुन्छ । यस्तो संवेदनशील ठाउ“मा काम गर्ने चिकित्सकमाथि आक्रमण हुँदा डाक्टरले निर्धक्क भएर काम गर्न सकेका छैनन् । सरकारले डाक्टर–बिरामी अनुपात लागू गर्न सकेको छैन । एउटा डाक्टरले बिरामीलाई १५ मिनेट समय दिनुपर्ने हुन्छ, तर डाक्टरले एउटा बिरामीलाई ३ मिनेट पनि समय दिन पाउँदैन । सरकारी अस्पतालमा बिरामीको चाप अत्यन्त धेरै हुन्छ । त्यसैले पनि डाक्टरमाथि आक्रमण बढिरहेको छ । कतिपय घटना हेर्दा कुनै एउटा आपराधिक समूहले पैसाका लागि डाक्टरमाथि आक्रमण गरिरहेको छ ।

गम्भीर बिरामी हेर्न डर लाग्छ (डा. दीपेन्द्र पाण्डे, अध्यक्ष सरकारी चिकित्सक संघ)

यस्तो घटना घट्नुमा सबैभन्दा प्रमुख कारण डाक्टर र बिरामीबीच कम्युनिकेसन नमिल्नु हो । डाक्टरहरूलाई पनि बिरामी र उनका आफन्तस“ग कसरी व्यवहार गर्ने भन्ने कुरामा विभिन्न ट्रेनिङ दिनु आवश्यक छ । कोर्समा नै कम्युनिकेसनसम्बन्धी पढाइ भयो भने यस्ता घटनामा कमी आउँछ । बिरामी धेरै प्रकारका छन् । कुनै बिरामीमा अस्पताल आएपछि पूरै सन्चो हुनुपर्छ भन्ने गलत धारणा छ । अर्को एक समूह छ, जो डाक्टरलाई थर्काएपछि उपचार गर्छन् भन्ने गलत मानसिकता पाल्छन् । मेडिकल साइन्समा १०० प्रतिशत भन्ने विश्वमा कहीँ पनि छैन । क्रमिक रूपमा डाक्टरमाथि आक्रमणका घटना बढ्न थालेपछि सिरियस केसको बिरामी हेर्न पनि डर लाग्न थालेको छ । हामीसँग कानुन पनि फितलो छ । डाक्टर आक्रमणमा परे पनि उनीहरू न्याय माग्न जाने ठाउँ छैन । डाक्टरमाथि आक्रमण गर्नेलाई पनि कारबाही गर्न दह्रो कानुन नेपालमा छैन । त्यसैले पनि आक्रमणकारीको मनोबल बढ्दो छ ।

कानुन हातमा लिने प्रवृत्ति बढ्यो (भोलाराम श्रेष्ठ, चिकित्सक महाशाखा प्रमुख, स्वास्थ्य मन्त्रालय)

नेपालमा हरेक क्षेत्रमा कानुनलाई हातमा लिने प्रवृत्ति बढेको छ । स्वास्थ्य क्षेत्रमा पनि सबैले कानुनलाई हातमा लिइरहेका छन् । डाक्टरले गल्ती ग¥यो भने पनि कारबाही गर्ने कानुनी प्रक्रिया छैन । भएको कानुन पनि हातमा लिने प्रवृत्ति बढेकाले यस्तो अवस्था आएको छ । अहिलेसम्म हेर्दा डाक्टरमाथि आक्रमण गर्नेलाई सार्वजनिक अपराधको मुद्दा चलाइँदै आएको छ । अहिले हामी ‘जेल विथ आउट बेल’ भनेर नियम बनाउने प्रक्रियामा छौैँ । यो नियम लागू भएपछि आरोपितलाई हिरासतबाट धरौटीमा छुट्ने प्रावधान हट्नेछ ।

नक्कली डाक्टरका कारण अविश्वास बढ्यो (प्रा.डा. सुरजरामभक्त माथेमा प्रमुख, पिपुल्स डेन्टल हस्पिटल)

बिरामीले कुन डाक्टर कस्तो भन्ने नबुझी जान्छन् । हामी नेपालीमा कुरै नबुझी बोल्ने बानी छ । कुन अस्पतालमा कुन रोगको उपचार राम्रो छ भन्ने कुरा बिरामीले बुझ्नुपर्छ । नक्कली डाक्टरको कारण पनि बिरामीले डाक्टरलाई विश्वास गरिहाल्ने अवस्था छैन । त्यसैले पनि डाक्टरमाथि बिरामीले दुव्र्यवहार गरिरहेका छन् ।

१० वर्षमा दुई सयमाथि आक्रमण

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा उपचारकै क्रममा चिकित्सकमाथि यस प्रकारको दुव्र्यवहार प्रदर्शन गर्नुले चिकित्सकको मनोबलमा नकारात्मक प्रभाव पार्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पर्ने चिकित्सकको भनाइ छ । यस्ता आपराधिक मानसिकता बोकेका व्यक्ति, समूह वा जोकोहीलाई जेल नै हाल्ने कानुन लागू गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । चिकित्सकमाथि यस्ता घटना हुनुले स्वास्थ्य संस्थामा गम्भीर असर पुग्ने नेपाल चिकित्सक महासंघका महासचिव डाक्टर लोचन कार्की बताउँछन् । नेपाल चिकित्सक संघका अनुसार १० वर्षको अवधिमा करिब २ सय चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण भएका छन् । – नयाँ पत्रिकै दैनिकबाट साभार



Recent Post
Recommendation
आजको भिडियो
Loading...