Loading...

गुरु पूर्णिमाको महिमा

- कल्याण मित्र

Published Date: July 9, 2017

गुरु पूर्णिमाका दिन सम्पूर्ण शिष्यहरूले आफ्ना गुरुलाई मान, सम्मान र श्रद्धापूर्वक मान्ने गर्छन् । गुरुलाई मीठामीठा खानेकुरा मिठाइ, फलफूल तथा उपहार पनि दिइने गरिन्छ भने गुरुलाई ईश्वरकै रूप मानेर टीका र फूलको माला लगाइदिने गरिन्छ । गुरुले पनि आफ्ना चेलाहरूलाई आशीर्वाद दिने गर्छन् ।
हुन त प्रत्येक व्यक्तिका प्रथम गुरु आफूलाई जन्म दिने आमा हुन् । आमाले बच्चा जन्माएर हुर्काउने क्रममा बोल्न सिकाउने, हिँड्न सिकाउनेलगायतका विभिन्न किसिमका धेरै कुरा सिकाउँछिन् । नैतिक शिक्षालगायत ‘यो राम्रो यो नराम्रो, यसो गर्न हुन्छ यसो गर्न हुन्न’ भन्ने जस्ता विभिन्न कुरा सिकाएर आफ्नो सन्तानलाई सुसंस्कारित तुल्याउने प्रयास सर्वप्रथम आमाले नै गरिरहेकी हुन्छिन् । त्यसैले, सर्वप्रथम आमा पनि शिक्षित हुनुपर्छ भन्ने मान्यता रहीआएको छ ।  आमाले जेजे सिकाउँछिन् बच्चाले पनि त्यही त्यही सिक्ने गर्छ । त्यसपछि स्कुलमा पढ्न सिकाउने गुरुले पनि असल ज्ञान र नैतिक शिक्षा दिएर शिष्यलाई अनुशासित बनाएर योग्य व्यक्तिका रूपमा विकास गराउँछन् । त्यसैले गुरुलाई पूजा गर्ने, सम्मान गर्ने भनेकै गुरुले दिएको ज्ञानलाई मान्नु हो । गुरुलाई सम्मान गर्नु शिष्यहरूको कर्तव्य हो भने गुरुले पनि शिष्यहरूलाई असल शिक्षा दिएर सुयोग्य बनाउनु गुरुको कर्तव्य हो ।

यो संसारमा गुरुको महिमा अत्यन्तै ठूलो छ । गुरुको स्थान सर्वोपरी छ भने पनि हुन्छ । त्यसैले गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मान्ने गरिएको हो । सनातन वैदिक युगमा गुरुकुलको व्यवस्था गरिएको थियो । त्यस समयमा राजा, महाराजाका छोराहरूलाई पनि त्यही गुरुकुलमा पठाएर वर्षौंसम्म शिक्षादीक्षा आर्जन गराइन्थ्यो । रामायण, महाभारत कालमा पनि राजा दशरथका छोराहरू श्रीराम, भरत, लक्ष्मण र शत्रुघन अनि वासुदेव र देवकीका छोरा श्रीकृष्ण र गरिब ब्राह्मण सुदामाले पनि गुरुकुलमा बसेर शास्त्र र शस्त्रको ज्ञान लिएका थिए । हामी मनुष्यहरूका गुरु शिक्षक भएजस्तै उसबेलाका देवता र दानवहरूका पनि गुरु थिए । जस्तै, गुरु बृहस्पति, गुरु शुक्राचार्य, गुरु ब्रह्मा, गुरु विष्णु र गुरु महेश्वर । त्यस्तै, रामायण ग्रन्थमा उल्लेख भएअनुसार राजा दशरथका चार छोराहरूका कुलगुरु र अस्त गुरु वशिष्ठ हुन् । राम र लक्ष्मणका विभिन्न विद्याका गुरु विश्वामित्र हुन् । लवकुशका धनुर्विद्यालगायत अन्य विद्याका गुरु बाल्मीकि हुन् । कृष्ण चरित्रमा कृष्णका गुरु सान्दिपनी पनि हुन् । महाभारतका भीष्म र द्रोणका गुरु पर्शुराम हुन् भने उनीहरूका कुलगुरु कृपाचार्य हुन् । महाभारतमै पाण्डव र कौरवका गुरु द्रोणाचार्य हुन् । पशुपतिनाथका गुरु दत्तात्रेय हुन् ।

सर्वप्रथम व्यास ऋषिले सामवेद, यजुर्वेद र अथर्ववेद नामक चार वेद र १८ पुराण लेखेर लोक कल्याणको कार्य गरेका थिए । वेद लेखेका हुनाले नै व्यास ऋषिको नाम वेदव्यास हुन गएको हो । स्मरण रहोस्, वेदव्यासको जन्म पराशर ऋषि र मत्स्यगन्धाबाट भएको हो । मत्स्यगन्धा एउटा माझीकी छोरी हुन् । दिनहुँ डुंगा चलाएर माछा मारेर जीविका चलाइरहेका उक्त माझी जनजाति मात्र नभई दलित पनि हुन् । अर्थात् हामीले छुन नहुने भनी भेदभाव गरिराखेका जाति हुन् । सोही जातिका छोरी मत्स्यगन्धासँग मोहित भएर पराशर ऋषिले डुंगामै सहवास गरेर व्यास ऋषिको जन्म भएको हो । यसबाट वैदिक युगका सबैभन्दा पहिलो गुरु परम पूजनीय वेदव्यासको जन्म एउटी दलित महिलाबाट भएको हो भने प्रमाणित हुन आएको छ ।

आषाढ शुक्लपूर्णिमा अर्थात् गुरु पूर्णिमाका दिन परम गुरु वेदव्यासको जन्म भएको हो । वेदव्यास गुरुका पनि गुरु हुन् । वेदव्यासले धेरै ऋषिमुनिहरूलाई शिक्षा दिएर परम गुरु बनाएका छन् । वेदव्यासबाटै ज्ञान लिएका जति पनि ऋषिहरू छन्, उनीहरू सबै कहलिएका गुरु भएर गुरुकुल सञ्चालन गरिरहेका थिए ।
गुरु पूर्णिमालाई व्यास पूजाको पर्वको रूपमा पनि मान्ने गरिन्छ । त्यसैले यो दिन गुरुहरूप्रति अत्यन्तै श्रद्धाभाव राखेर परम गुरु वेदव्यासलाई सम्मानपूर्वक सम्झेर आ–आफ्ना गुरुलाई आस्थापूर्वक पूजा गरेर मान्ने गर्छन् । यस दिन विभिन्न स्थानमा सत्संग कार्यक्रम सञ्चालन गरिन्छ भने गुरुहरूलाई निमन्त्रणा गरी श्रद्धा र भक्तिपूर्वक पूजा गरेर उनीहरूको प्रवचन सुन्ने परम्परा पनि छ ।

ज्ञान प्राप्त नभई मोक्ष प्राप्त हुँदैन। ज्ञान प्राप्त गर्ने क्रममा विभिन्न धर्म गुरुहरूबाट धर्म देशना सुन्ने र ज्ञान प्राप्त गर्ने चलन चल्दै आएको हो। जति पनि धार्मिक सम्प्रदाय र गुरुहरू छन्, सबैको मूल उद्देश्य नै आफूकहाँआएका शिष्य वा उपासक–उपासिकालाई ज्ञान दिएर यो भवसागर पार गराउनु नै हो।

ज्ञान प्राप्त नभई मोक्ष प्राप्त हुँदैन । ज्ञान प्राप्त गर्ने क्रममा विभिन्न धर्म गुरुहरूबाट धर्म देशना सुन्न र ज्ञान प्राप्त गर्ने चलन चल्दै आएको हो । जति पनि धार्मिक सम्प्रदाय र गुरुहरू छन्, सबैको मूल उद्देश्य नै आफूकहाँ आएका शिष्य वा उपासक उपासिकाहरूलाई ज्ञान दिएर यो भवसागर पार गराउनु नै हो । अर्थात् अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालो मार्गमा पठाउनु हो । गुरुबाट ज्ञान प्राप्त गरेपछि मात्र यो भवसागरबाट पार हुन सहज हुनेछ ।
श्रीराम चरित मानसमा एउटा प्रसंग छ । महर्षि मेहींले भन्नुभएको छ, ‘गुरुको चरणकमलको धुलोले आफ्नो मनरूपी ऐना सफा गरेर भगवान् श्रीरामको पवित्र कीर्तिको जसले वर्णन गर्छ उसलाई भगवान् श्रीरामले चार पुरुषार्थ अर्थात् धर्म, अर्थ, काम र मोक्ष दिनुहुन्छ ।’ मानिसहरूले जुन विषयको चिन्तन गर्छ, उसको मन उही विषयमा प्रवृत्त हुन्छ अर्थात् त्यस्तै हुने गर्दछ । जस्तो मनले गुरुको चिन्तन गर्छ अर्थात् कस्तो रूपको ध्यान गर्छ उसलाई उही किसिमको गुरुको आकृति देखापर्ने गर्छ ।
गुरुको वास्तविक अर्थ भनेकै ‘गु’ अन्धकारबाट ‘रु’ प्रकाशतर्पm लैजानु हो । त्यसैले शिष्यलाई अन्धकारबाट प्रकाशतर्फ लैजाने भएरै गुरु भनिएको हो । जुन गुरुले सुयोग्य शिष्यलाई ऊसँग भएका अज्ञानरूपी अन्धकार नाश गरेर प्रकाश प्रज्वलित गर्ने अमृत वचनले आफ्नो उपदेशबाट शिष्यलाई ज्ञान दिएर उज्यालो मार्गमा डो¥याउँछ, ऊ नै सच्चा गुरु हुन् ।
ब्रह्माजीले सृष्टिको आरम्भमा श्रीविष्णु भगवान्बाट वेद विद्या प्राप्त गर्नुभएको हो भनी श्वेताश्वेतरोपनिषद्मा यस्तो भनिएको छ, ‘यो ब्रह्माणं विद्धाति पूर्वं यो वै वेदांश्च प्रहिणोति तस्मै’ अर्थात् भगवान्लाई गुरुत्तम गुरु मान्नुपर्छ । यस्ता सद्गुरु भगवान’् श्रीकृष्णलाई बारम्बार ‘कृष्णं वन्दे जगद्गुरु भनी प्रणाम गर्नुपर्छ । त्यसरी नै शिष्यहरूले आफूलाई मन्त्र सुनाउने, वेदशास्त्र पढाउने, असल शिक्षादीक्षा दिने गुरुलाई दिनदिनै त्रिदेव ब्रह्मा, विष्णु, महेश्वरका रूपमा स्मरण गरेर प्रणाम गर्नुपर्छ । त्यसैले त यसो भनिएको हो ः
गुरुः ब्रह्मा गुरुर्विष्णु
गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परम्ब्रह्मः
तस्मै श्री गुरवे नमः ।

  • राजधानी दैनिकबाट


Recent Post
Recommendation
आजको भिडियो
Loading...