शाहरुखले मलाई रुवाए : अनुष्का शर्मा

Published Date: July 10, 2017

मुम्बई / एजेन्सी– शाहरुख खान अभिनित चलचित्र ‘रब ने बना दी जोडी’बाट करिअर सुरु गरेकी अभिनेत्री अनुष्का शर्मा बलिउडमा प्रभावशाली नायिकाको सूचीमा दरिन खानकै साथ जरुरी नभएको बताउँछिन् ।

आलिया भट्टको उदाहरण दिँदै उनले भनिन्, ‘आलिया खानको फिल्मबाट आएकी होइनन् । उनले अहिले निकै राम्रो गरेकी छन् । खानकै फिल्मबाट डेब्यु गरेका तर अभिनयमा टिक्न नसकेकाहरूको पनि उदाहरण

दिइन् उनले । यति हुँदाहुँदै पनि शाहरुखबाट निकै  प्रभावित छिन् अनुष्का । उनको भनाइअनुसार शाहरुखसँग कुनै स्वार्थ छैन । पछिल्लो समय धेरै कलाकार आफ्नो चरित्रमा केन्द्रित भएको पाएकी अनुष्कालाई लाग्छ । साहरूख यस मामिलामा उदार छन् । उनी भन्छिन्, ‘सहकलाकारको भूमिका कस्तो छ शाहरुख चासो दिनुको साथै राम्रो बनाउनलाई सुझाव पनि दिन्छन् ।

‘रब ने बना दी जोडी’को घटना सम्झँदै अनुष्का भन्छिन्, ‘एउटा दृश्यमा म रुनुपर्ने थियो तर मलाई आँसु आइरहेको थिएन । जब शाहरुखले मेरो आँखामा गिल्सिरिन हाल्दिए, मैले रोएर अभिनय गरें ।’ अनुष्काको भनाइमा कतिपय सहकलाकार सहयोगी हुँदैनन् तर शाहरुख अरूभन्दा फरक छन् ।

चलचित्र ‘जब वी मेट’ हेरेपछि अभिनेत्री बन्ने इच्छा जागेको धारणा राख्ने अनुष्का सोही फिल्मबाट इम्तियाज अलीको क्षमताबाट प्रभावित भएकी थिइन् । इम्तियाज अलीकै नयाँ फिल्म ‘जब हेरी मेट सेजल’मा अनुष्का शर्माले शाहरुख खानसँग रोमान्स गरेकी छन् । उक्त फिल्म ४ अगस्टमा रिलिज हुने भएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...