इजरायलमा सम्पूर्ण संघ संस्थाहरुको आयोजनामा ऐतिहासिक तीज कार्यक्रम गरिदै

लोक गायक बद्री पंगेनी लगायतका कलाकारहरु इजरायल आउदै

Published Date: July 11, 2017

ए1न्यूज इजरायल

लामो समयको रस्साकस्सी पश्चात अन्तत इजरायलमा रहेका नेपालीहरुले यो बर्षको  हरितालिका तीज  एउटै मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।

सामाजिक, राजनितिक, क्षेत्रिय र जातिय गरी करिव ४ दर्जन वढि नेपाली संघ संस्थाहरु रहेको इजरायलमा सम्पूर्ण संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपालका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीकाविच  हरितालिका तीज  २०७३ मनाउन लागिएको हो ।

२५ अगस्त २०१७ शुक्रवार आयोजना गरिन लागिएको उक्त हरितालिका तीज विशेष कार्यक्रमका लागि चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायिका कालिका रोका मगर , गायिका भूमिका गिरी र चर्चित हाँस्य टेलि श्रृंखला हाक्का हाक्कीका मुख्य सहायक निर्देशक हाँस्यकलाकार सुजित थापाको बेजोड मनोरञ्जनात्मक प्रस्तुतीका साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने कार्यक्रम संयोजक दिपक ओलीले बताए ।

इजरायलमा आयोजना हुने प्रायजसो कार्यक्रमहरु महिनाको दोस्रो साता (१० तारिख भन्दा पछि) आयोजना गरिने भएपनि यस पटकको तीज पर्वको तिथी पनि त्यो भन्दा फरक भएकाले  अगस्तको अन्तिम साता भोलिपल्ट २५ अगस्त शुक्रवारको  लागि कार्यक्रमको मिति तय गरिएको हो ।
गत बर्ष एनआरएनए इजरायलले आयोजना गरेको तेलअभिव युनिभर्सिटीस्थित स्मोलार्ज  हलमै आयोजना गरिने उक्त कार्यक्रम गएका बर्षहरुमा निर्धारित समयमा कार्यक्रम हुन नसक्दा तीजको ब्रत बसेका दिदीवहिनीहरुमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै शुक्रवार साँझको ठिक साढे ९ बजेदेखि कार्यक्रम शुरु नै भइसक्ने संयोजक ओलीले बताए । तेलअभिवको लेवन्स्की पार्कदेखि कार्यक्रमस्थलसम्म निशुल्क यातायातको पनि सुविधा रहने उक्त कार्यक्रम शुरु हुनु पूर्व हलमा जाने बस लाग्ने स्थान लेवन्स्की पार्कमा साँझको ७ बजे देखि नै साढे ८  वजे सम्म निशुल्क दर खुवाउने कार्यक्रम तय गरिएको संयोजक ओलीले नेपाल इजरायल डट नेटसँगको कुराकानीमा बताउनुभयो ।

विहानको  ३ वजे सम्म चल्ने संयोजक ओलीले जानकारी दिएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...