श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा उपस्थितीकोलागि आयोजकको अनुरोध

कार्यक्रम यसोधमला मार्ग ४४ मा हुदै

Published Date: July 12, 2017

एन आइ न्युज इजरायल,

१८ अगस्त शुक्रवार आयोजना गरिएको  श्री कृष्ण जन्माष्टमी विशेष कार्यक्रमको सम्पूर्ण तयारी  पुरा  भएको आयोजक संस्थाहरुले जनाएका छन् ।

इजरायलमा रहेका धार्मिक संस्थाहरु हिन्दु जागारण नेपाल अभियान इजरायल र श्रीकृष्ण प्रणामी गैर आवासिय युवा परिषद इजरायल को संयुक्त आयोजनामा विगतका बर्षहरुमा पनि यी दुई संस्थाको संयुक्त आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारी विविध मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरी जन्माष्टमी पर्व मनाउदै आरहेका छन् ।

तेल अभिवको यसोधमला मार्ग ४४ स्थित एक हलमा आयोजना गरिने जन्माष्टमी कार्यक्रम शुक्रबार साझ ६:०० देखि शुरु हुने  बताउदै आयोजकले सम्पूर्ण इजरायलबासी नेपालीहरु, विभिन्न धार्मिक, जातिय, तथा सामाजिक संघ संस्थाका प्रतिनिधीहरु लगायत सम्पूर्णमा यसै सुचनालाई आधारमानी उपस्थितीकोलागि हार्दिक आमन्त्रण गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...