इजरायलमा विशेष कार्यक्रमको आयोजना गरी २०४औ भानु जयन्ती मनाइयो

अनेकसको नयाँ नेतृत्वमा भोजराज क्षेत्री चयन

Published Date: July 17, 2017

नेपाली भाषा साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्म दिन इजरायलमा रहेका साहित्यक संघ संस्थाहरुले   पनि रचना बाचन तथा साहित्यक वनभोज कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएका छन् ।

अन्तराष्ट्रिय साहित्य समाज इजरायल च्याप्टर, साहित्यिक चौतारी नेपाल, इजरायल र अन्तराष्ट्रिय कलाकार समाज इजरायलको संयुक्त आयोजनामा गत १५ जुलाई शुक्रवार मध्य इजरायलको तेलअभिव नजिकै रहेको पार्क लुमीमा इजरायलमा रहेका विशिष्ट साहित्यानुरागीहरुको उलेख्य उपस्थितीमा भानु जयन्ती मनाइएको हो ।

अनेसास इजरायल च्याप्टरकी अध्यक्ष भगवती वस्नेतको सभापतित्व, इजरायलकालागि नबनियुक्त नेपाली महामहिम राजदूत निरञ्जन कुमार थापाको प्रमुख आतिथ्यता रहेको उक्त भानु जयन्ती विशेष कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राजदुत थापाले इजरायलको छोटो बसाईको क्रममा नै इजरायल नेपाली साहित्यको उर्वरभूमीको रुपमा स्थापित भएको बताउनुहुदै इजरायली भूमीमा पनि नेपाली साहित्यका धरोहरको रुपमा रहेका आदिकवी भानुभक्त आचार्यको २०४औ जन्मजयन्ती मनाउन पाउनु आफैमा गर्वको कुरा रहेको बताउनुभयो । राजदूत थापाले यसरी पराई भुमीमा पनि एक आपसमा जमघट भई विभिन्न किसिमका कार्यक्रमहरु आयोजना हुदा आफूभित्र लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन हुने र त्यसलाई अझै तिखारिने अवसरको साथमा नेपाली नेपाली विच एकता र आपसी भाईचाराको सम्वन्ध वढाउन समेत मद्दत मिल्ने भएकाले यसरीनै निरन्तर कार्यक्रमहरु आयोजना भइरहनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राजदूत थापाले नेपाली दुताबास इजरायलमा रहेका सबै नेपालीहरुलाई  परेको बेलामा मद्धत गर्न सधैँ तयार रहेको बताउनुहुदै नेपाली राजदूतावासलाई  महिलाहरुले माइतीघर र पुरुषहरुले मामाघरको रुपमा लिन अनुरोध गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको समापन गर्नुहुदै सभापती भगवती वस्नेतले नेपाली साहित्यको विकास र विस्तार गर्दै यस बिधामा कलम चलाउनु हुने सहिित्यिक मनहरुलाई हौसलाको उर्जा प्रदान गर्दै  कार्यक्रममा सहभागी सम्पूर्ण साहित्यिक मनहरुप्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले कार्यक्रम सम्पन्न गर्न आहम भुमिका निवाह गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य तथा रचन बाचन गर्नेहरुमा कार्यक्रम संयोजक मुना सिग्देल, अनेसास इजरायल सल्लाहकार समा श्री,साहित्क चौतारी नेपालको साबित्रा लुईँटेल घिमिरे, अनेसास इजरायल पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण थापा, कवयत्री निर्मला खड्का, अनेकश महासचिव रानु सुवेदी वस्नेत,  अनेसास सदस्य नुतन भुसाल, कवयत्री मनिसा प्रसाई, कवयत्री सुनिता राई,अनेकस इजरायलका नब निर्वाचित अध्यक्ष भोजराज क्षेत्री,  मुक्तककार वसु श्रेष्ठ,  नेपालइजरायल डट नेटकर्मी अनेसास सल्लाहकार श्रीकृष्ण भण्डारी, कवयत्री गोमा कार्की, पानाखवर डट कमकर्मी राम ढुंगाना, साहित्यकार लीला सुबेदी रहेका थिए ।

यसै कार्यक्रममा अनेकसको पुरानो कार्यसमिति विघटन गर्दै सर्वसम्मतिले भोजराज क्षेत्रीको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।  जसको संरक्षकमा लक्ष्मी अनुरागी वरिष्ठ उपाध्यक्षमा रानु सुबेदी, उपाध्यक्षमा रुबी थारु, महासचिबमा प्रकास श्रेष्ठ, सचिबमा नयन सापकोटा (रामु ). कोषाध्यक्षमा  कोपीला कोइराला, सह कोषाध्यक्षमा दिपिका भुसाल चयन भएका छन् भने सदस्यहरुमा प्रबीण दाहाल, लक्ष्मी गडतौला, कबीता सुब्बा, मुन दुमी, आकृति अधिकारी, अर्जुन बस्नेत, सन्तोषी खड्का, पवित्रा बजगाई क्षेत्री, सुवास शर्मा, रोजीन र रमा श्रेष्ठ रहेका छन् ।

त्यस्तै कार्यक्रमको अन्तमा अनेसास इजरायलले संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण थापा र कोषाध्यक्ष  लिला सुवेदीलाई लामो समयदेखि अनेसास इजरायलमा रहेर नेपाली साहित्य तथा संस्थागत हितकोलागि पुर्याउनुभएको अतुलनिय योगदानको उच्च गर्दै  प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै  अनेसासका सम्पूर्ण सम्पूर्ण पदाधिकारीहरुलाई   प्रशस्ति पत्र प्रदान गरिएको थियो । त्यस्तै अनकस इजरायले पुरानो कार्यसमितिबाट लक्ष्मी अनुरागी, रुवी थारु, लिला रिजाल र भगवती वस्नेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न गीत संगित तथा नृत्यहरु पनि प्रस्तुत गरिएका थिए भने मिठो मिठो खानाका परिकारहरु बनभोजमा समावेश गरिएका थिए ।

कार्यक्रमको संचालन अनेकस इजरायलकी निबर्तमान अध्यक्ष लक्ष्मी अनुरागीले संचालन गरेकी थिइन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...