Loading...

चीनद्वारा भारतियमाथि रकेट आक्रमण नगरेको स्पष्ट

पाकिस्तानी टिभी च्यानलले समाचार झुट सावित

Published Date: July 18, 2017

एजेन्सीको सहयोगमा,

पाकिस्तानी च्यानलले पोस्ट गरेको झूट तस्वीर, चिनिया हमलामा १५८ भारतीय सैनिक मारिय (फोटोः दुनिया न्यूज)

भारत र चीनविच जारी सीमा विवाद र डोकलाम विवादको विषयलाई लिएर तनाब चलिरहेकै बेला चिनियाँ मिडियाहरुले अत्यन्तै खराव परिणाम व्यहोर्नुपर्ने घम्की दिइरहेका छन् भने भारतले आफ्नो अडान कायम राख्दै कुनै अवस्थामा पनि पछि नहट्ने बताइरहेकै बेला एक पाकिस्तानी मिडियाले चीनले भारतमाथि रकेट आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।

पाकिस्तानी टिभी च्यानल दुनिया न्यूजले चीनियाँ सेनाले गरेको रकेट आक्रमणमा १५८ भारतिय सैनिक मारिएको दावी गरेको छ । गत सोमवार भएको आक्रमणमा यस वाहेक अन्य कैयन सैनिकहरु घायल भएको बताएको छ । पाकिस्तानी टेलिभिजन च्यानलको उक्त हरकतको पर्दाफास त्यतिवेला मात्र भयो जव उक्त टिभी च्यानलले आफ्नो आधिकारिक वेब साइटमा आक्रमणको भन्दै केही तस्विरहरु समेत पोस्ट गर्यो । तर भारतिय सैनिक निर्देशनालयले उक्त तस्विरहरु झुटो भएको स्पष्ट पार्दै आक्रमण नभएको दोवी गरेको छ ।

पाकिस्तानी टिभी च्यानलले सिक्किम मुद्दामा भारत र चीनविच झडप शुरु भएको दावी गरेको छ । त्यस लगत्तै चीनले भारतिय सैनिकमाथि रकेट हमला गर्यो जसमा भारतिय सैनिकका १५८ जवान मारिए भने दर्जनौ अन्य जवान घायल भएका छन् । उक्त टेलिभिजिनका अनुसार यस अघि पनि यी दुई देशविच झडप हुदै आइरहेको छ । सो टेलिभिजनले विवादको शुरुवात भारतको तर्फबाट भएको थियो, त्यसैको कारवाही स्वरुप चीनले भारतिय सैनिकमाथि रकेट आक्रमण गरेको हो ।

दुनियाँ न्यूजले प्रसारण गरेको झुट रिपोर्ट :



Recent Post
Recommendation
आजको भिडियो
Loading...