डा. महाविर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्रलाई इजरायलमा रहेकी हेमकला राईको ५० हजार सहयोग

Published Date: July 20, 2017

ए1न्यूज इजरायल

रोजोगारीको शिलशिलामा लामो समयदेखि इजरायलमा रहनुभएकी हेमकला राईले राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महाविर पुनको अभियानलाई दुखले कमाएको रु ५० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ ।

अत्यन्तै शालिन तथा मिलनसार स्वभावकी धनी जाते, ८ लेटाङ्ग स्थायी घर भई हाल काठमाण्डौको जोरपाटीमा बस्दै आउनुभएकी  हेमकला राईले  विश्वका अन्य मुलुकहरुमा विज्ञानले गरेको  विकाश आज ती देशहरुको आर्थिक उन्नतीको प्रमुख कारण वन्दै गइरहेको अवस्थामा हाम्रो मुलुकमा आजको एक्कासौं सताव्दीमा एउटा सामान्य आविस्कार केन्द्र पनि नहुनु दुखको विषय भए पनि राष्ट्रिय स्तरवाट नसही जनस्तरबाट भएपनि यस विषयमा सोच्दै  राष्ट्रका लागि केही गर्ने अभियानका साथ लागि पर्नुभएका  अभियन्ता डा: महाबिर पुनको  उक्त साहसिक योगदानमा थोरै भएपनि सहयोग पुगोस भन्नै हेतुले आफ्नो पेट काटी रु ५०,००० (पचास हजार ) उहाँकै हात मा हस्तान्तरण गर्नु भएको हो ।

देश भित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहनेको लागि  सक्दो सहयोग गर्ने उद्देश्यले खोलिएको राष्ट्रिय आविष्कार केन्द्रले आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल जारी गरेपछि देश विदेशमा भएका नेपालीहरुले केन्द्रलाई सहोयग गर्ने क्रम वढ्दै गइरहेको छ ।

दक्षिण एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार विजेता डा. महाविर पुनले  विज्ञान, प्रविधिलगायतका क्षेत्रमा आवश्यक खोज, अनुसन्धान र आविष्कारको लागि उक्त केन्द्र स्थापना  गर्न ५० करोड बजेटको लाग्ने पुनले बताएका छन् ।

केन्द्रले जनस्तरबाट संकलन हुने  ५० करोड जलविद्युतमा लगानी गरी त्यसबाट प्रत्येक वर्ष आउने आउने प्रतिफललाई अनुसन्धानका क्षेत्रमा खर्च गर्ने योजना राखेको छ । त्यस्तै सो अभियान सफल बनाउन केन्द्रका अध्यक्ष डा. पुनले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका पुरस्कारसमेत बिक्रीका लागि सामेत राखिएका छन् ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...