तीज आउछ – कबिता

मनिषा प्रसाई, इजरायल

Published Date: July 20, 2017
     
तीज आउदा बर्षै पिच्छे
जान्छु भन्छन माइत हजूर
बार राम्रो पार्दिनुहोस है
चाहिदैन साइत हजूर।।
बर्ष भरी घूंडो मुन्टो गरी
सके जती दुःख गरे मैले
बर्ष दिनमा आयो यो तिज
जान्छु म त माइत हजूर।।
जाने मन भए आउनु संगै
आमा-बा संग भेट  हुन्छ
भ्याउनु हुन्न तपाई जान भने
म त एक्लै भए नी जान्छु हजुर।।
तीज आउंदा छोरी भेट्ने
गनथन गरी तृष्णा मेट्ने
बर्ष दिनमा नभेट्दा त
आमाको मन रून्छ हजूर।।
उच्च शिक्षा हांसिल गरी
हजूर नै होनी विद्वान बन्ने
गाउँका सासू-आमा हरूमा
परिवर्तन् ल्याउनोस् हजूर।।
गनथन पनि धेरै भो होला
हांसी मुख ले पठाउनु न
आतेस् भयो यो मन मेरो
नयास्रो मेटी आऊछु हजुर।।
बर्ष दिनमा नभेट्दा त आमाको मन रून्छ हजूर।।।।।


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...