Loading...

आफ्नो कार्यकालमा भएका उल्लखनिय कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै दिपक ओलीद्वारा उमेदवारी घोषणा

Published Date: August 3, 2017

एनआएरएनए-एनसिसी इजरायलका निवर्तमान अध्यक्ष दिपक ओलीले एनआरएनए -आइसिसी सदस्यकोलागि आफ्नो उमेदवारी घोषणा गरेका छन् । ओलीले आफ्नो २०१५ देखि २०१७ सम्मको कार्यकालमा भएका उल्लखनिय कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै आफ्नो ओजनपूर्ण उमेद्वारी घोषणा गरेका हुन् ।

“पहिला आफ्नो घर वनाऔ अनि  देश वनाऔ” भन्दैइजरायलमा रहेका विभिन्न जघन्य रोगबाट पिडित भई काम गरेर खाने अवस्थामा नरहेका उपचाररत विरामीहरुलाई खाना तथा वस्नको व्यवस्था मिलाउन मासिक रुपमा आर्थिक सहयोग गर्ने उदाहरणिय कार्य गरेर चर्चामा रहेका निवर्तमान अध्यक्ष ओलीले भर्खरै मात्र मध्यपूर्व क्षेत्रिय समितिमा आवद्द एनआरएनए-एनसिसी इजरायललाई विभिन्न वाधा अवरोधका विच पनि युरोपियन क्षेत्रिय समितीमा आवद्द गराएर भर्खरै मात्र इजरायल आइपुगेका छन् । जर्मनीको फ्रन्कफटमा सम्पन्न एनआरएन युरोपियन क्षेत्रिय समितिको १०औ क्षेत्रिय सम्मेलनमा भाग लिन जादै गर्दा सम्मेलनबाट फर्किए लगत्तै उमेदवारी दिने बताएका ओलीले एनसिसी इजरायललाई ऐतिहासिक उँचाई दिन सफल भएका छन् ।

आफूलाई अत्यधिक मत दिएर निर्वाचित गराई एनआरएनए इजरायललाई अझ योगदान दिने अवसर प्रदान गर्न इजरायलवासी नेपालीहरुमा अपिल गर्दै ओलीले आफ्नो सफल कार्यकालको फेहरिस्त यसरी प्रस्तुत गरेका छन् :

मेरो कार्यकालमा पूरा गरिएका कार्यहरु ——–
• एनआरएनए इजरायलको बिधान नभएको अवस्थामा बिधान तयार गरी अनुमोदन गरियो।
• एनआरएनए इजरायलको सचिवालय स्थापना गरियो ।
• बिगतमा नेपाल सरकारको निर्णयले श्रम स्वीकृतिमा उत्पन्न भएको कठीनाई समाधान गर्न पहल गरियो ।
• अफगानस्तानमा आतंककारीहरुबाट मारिएका नेपालीहरुको परिवारलाई आर्थिक सहायता गरिएको ।
• एनआरएनए इजरायलको आधिकारिक वेव साइट संचालनमा ल्याएको ।
• इजरायलमा रहेर जघन्य रोगबाट पिडित भएकाहरु जसले एनआरएन इजरायललाई सहयोगको अपिल गरे तिनीहरुलाई मासिक रुपमा खाने बस्ने व्यवस्था गरियो ।
• नेपालको पर्यटन प्रवर्द्धनको लागि नेपाली राजदूतावास इजरायलसंग सहकार्य गरी कार्यक्रमहरु सम्पन्न
गरियो एनआरएनए इजरायलको इजरायलमा रहेर भिसा नपाउने स्थितिमा भएका र गैरकानुनी रुपमा काम गरी रहेकाहरुका नेपालीहरुको लागि स्वास्थ्य विमाको व्यवस्था गरियो ।
• एनआरएनए इजरायलको आर्थिक कोषलाई मजवुत बनाएको ।
• नेपालमा बाढी पिडित र भूकम्प पिडितहरुको लागि उल्लेख्य सहयोग गरेको ।
• एनआरएनए केन्द्रको आयोजनामा गोर्खाको लाप्राकमा भूकम्प पिडितहरुकोलागि निर्माण गरिएको घरहरुमा आर्थिक तथा भौतिक सहयोग गरेको ।
• विभिन्न बाधा अड्चनको मुकाबिला गर्दै एनआरएनए इजरायललाई मध्ये पूर्व क्षेत्रिय समितिबाट हटाई युरोप क्षेत्रिय समितिमा दर्ता गरियो ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...