Loading...

कुवेतबाट उद्धार गरिएकी महिलाको पीडा

भागे पनि प्रहरीले फेरि मालिकलाई नै बुझाइदियो

Published Date: August 3, 2017

काठमाडौं, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी नुवाकोट पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङलाई परराष्ट्रमन्त्रालयको पहलमा उद्धार गरिएको छ । एक वर्षअगाडि कुवेत पुगेकी तामाङलाई गएकै दिनदेखि मालिकले शारीरिक तथा मानसिक यातना दिएर राखेका थिए ।

पुगेर विभिन्न किसिमका यातनापछि हिजो (मंगलबार) स्वदेश फर्किएकी नुवाकोट, पञ्चकन्या ४ थप्रेककी ४८ वर्षीया सीता तामाङ उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर आफूले भोगेका दुःख सुनाउँदै । तस्बिर : रासस

२५ असार २०७३ मा कुवेत पुगेकी उनलाई त्यहाँको प्रहरीले अस्पतालबाट पक्राउ गरेको थियो । ‘कुवेत पुगेदेखि नै मलाई मालिकले कुट्न थाल्यो,’ बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेट्न पुगेकी उनले भनिन्, ‘मालिकको कुटाइ सहन नसकेर भाग्न खोजें तर खुट्टा भाँचियो । अस्पतालमा भर्ना हुँदा प्रहरीले पक्राउ ग¥यो अनि फेरि मालिकलाई नै बुझाइदियो ।’

त्यहाँको प्रहरीले १५ दिनसम्म हिरासतमा राखेर मालिकलाई बुझाइदिएको उनले जानकारी दिइन् । ‘प्रहरीबाट मालिकले बुझेपछि झन् यातना दिन थाल्यो । पटकपटक कुट्ने र कामका लागि अर्कैलाई बेच्ने समेत ग¥यो,’ मन्त्री महरालाई आफ्नो पीडा सुनाउँदै उनले भनिन्, ‘सरकारले मलाई उद्धार गर्न पहल ग¥यो, त्यसका लागि यहाँलाई धन्यवाद ।’

मालिकको यातना सहन नसकेर भागे पनि प्रहरीले फेरि मालिकलाई नै बुझाइदियो

उनी फोनमाफर्त कुवेतस्थित दूतावासको सम्पर्कमा आएपछि परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंको पहलमा आपूm नेपाल फर्किएको उनले जानकारी दिइन् । आफूले पाएको दुःख सम्झँदै महिला कामदारका लागि वैदेशिक रोजगार बेठीक भएको उनले अनुभव सुनाइन् ।

एकल महिला तामाङलाई दलालले फकाएर कुवेत पु¥याएका थिए । यसरी प्रलोभन देखाएर आफ्नी आमालाई कुवेत पु¥याउने दलाललाई कारबाही गर्न उनका छोरा होमबहादुर तामाङले सरकारसँग माग राखेका छन् ।

मन्त्रालयकै पहलमा एक साताअघि पाँचथर घरभएकी रञ्जिता तमाङलाई ओमनबाट तथा मलेसियाबाट श्यामकुमार बोहोरा, सेरबहादुर नेपाली र रवीन्द्रकुमार यादवलाई पनि उद्धार गरिएको थियो ।

तामाङसँगको भेटपछि उपप्रधान तथा परराष्ट्रमन्त्री महराले परराष्ट्र मन्त्रालयको जानकारी भन्दा बाहिर भएका धेरै नेपालीले दुःख पाएको हुन सक्ने बताए । उनीहरूलाई मन्त्रालय तथा सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगको सम्पर्कमा ल्याएर उद्धार गर्न पहल गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री महराले जनाएका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...