Loading...

नेपाली र हिन्दीमा बन्दै छ ‘दी कर्मा’

Published Date: August 10, 2017

‘दी कर्मा’ नामक फिल्म निर्माण हुने भएको छ । नेपाल र भारतको सीमामा हुने गरेका विविध घटना प्रस्तुत गरिने फिल्मलाई सत्यघटनामा आधारित भनिएको छ ।

विश्वदीप घिमिरेको निर्देशनमा बन्ने फिल्ममा भारतीय अभिनेता दीपक आनन्द शीर्ष भूमिकामा रहने विश्वदीपले बताएका छन् । दीपकले केही मराठी तथा तेलेगु फिल्ममा अभिनय गरिसकेका छन् । दी कर्मामा दीपकसँगै भारतीय मोडल तथा अभिनेता करण आहुजाले पनि अभिनय गर्ने भएका छन् ।

फिल्ममा क्षितिजा शाक्य रहने पक्का भइसकेको बताइन्छ । झन्डै तीन साता वर्कसप गरिने फिल्मका अन्य कलाकार छनोट जारी छ । जयराज रोय र निशा खतिवडा निर्माता रहेको फिल्म नेपाली र हिन्दी, दुई भाषामा बनाइने तयारी छ । रामेश्वर कार्कीले खिच्ने फिल्मको सुटिङ कात्तिक अन्तिमबाट सुरु हुने विश्वदीपले बताएका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...