Loading...

छिरिङ शेर्पाको प्यानलद्वारा आफ्नो घोषणापत्र सार्वजनिक (एनआरएनए इजरायल निर्वाचन विशेष)

Published Date: August 14, 2017

ए1न्यूज इजरायल

आगामी २६ अगस्त २०१७ शनिवारका हुन गइरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनले अहिले आएर इजरायलमा छुट्टै किसिमको माहोल तय गरेको छ । इजरायलमा एनआरएनको इतिहाँसमा तेस्रो पटक खुल्ला प्रतिस्पर्धाबाट एनआरएनए इजरायलले नयाँ नेतृत्व लिन गइरहेको  छ । निर्वाचनकोलागि एनआरएनको नेतृत्वकोलागि तत्पर इच्छुकहरुले आफ्नो उमेदवारी समेत मनोनयन गरिसकेका छन् । उमेदवारहरु आफ्नो पोल्टामा माहौल तयार गर्न प्रचारप्रसारमा जुटिसकेको फेसवूक लगायत  विभिन्न सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ ।

यसैक्रममा छिरिङ शेर्पाको अद्क्षयता, बरिष्ठ उपाध्यक्षमा शान्ता अधिकारी ज्ञवाली, उपाध्यक्षमा गोपी गुरुङ (उमा) , महिला उपाध्यक्षमा सुजाता गौतम, महासचिवमा पुन: तेन्जिङ शेर्पा,  सचिवमा निर्मला गुरुङ, सहसचिवमा रुकमाया रेग्कोमी (माया खनाल) कोषाध्यक्षमा  दाना कादम्वरी श्रेष्ठ, सहकोषाध्यक्षमा साबित्रा लुइँटेल घिमिरे,  महिला प्रतिनिधिमा लिला कुमारी थापा मगर,  पुरुष प्रतिनिधिमा नारायण थापा र सदस्यहरुमा निलम गिरी,  सकुन्तला खतिवडा (सानु) , शुष्मा शाही,  साबित्रा खड्काको उमेदवारी रहेको टोलीले एन आरएन ए एनसिसी इजरायललाई जाति, भाषा धर्म लिंग र दलिय राजनितिबाट टाढा राख्दै सबै नेपालीहरुको साझा र विश्वासिलो  र उत्कृष्ट छाता संगठनको रुपमा स्थापित गराउने, निवर्तमान एनआरएन इजरायलले मासिक रुपमा आर्थिक सहयोग गर्दै आएको जटिल खालका रोगबाट ग्रसित बिरामीहरुलाई सहयोगको निरन्तरता दिदै अन्य रोगीपिडितहरुको पहिचान गरी आर्थिक सहयोग गर्नु पर्ने अवस्था भएमा सहयोग पुर्याउने, प्रवासी भूमी इजरायलबाट जन्मभूमी नेपाल र नेपालीको हित बिपरित देशलाई घाटा पुग्ने कुनै पनि कार्य र गतिविधिहरुलाई निरुत्साहित गर्ने लगायतका १२ बुदे  संयुक्त घोषणा पत्र जारी गरेका छन् ।

घोषणापत्रको पूर्ण अंश :

 



Recent Post
Recommendation
आजको भिडियो
Loading...