Loading...

उपत्यका निर्माण ब्यवसायी संघको प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

Published Date: August 22, 2017

ए1न्यूज विष्णु प्रसाद तिमल्सीना

यही साउन ३१ गते भएको उपत्यका निर्माण ब्यवसायी संघको निर्वाचनबाट नव निर्वाचित पदाधिकारीहरु एबम सदस्यहरुलाई  प्रमाण पत्र वितरण एबम बधाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा निर्माण ब्यवसायी संघका निबर्तमान अध्यक्ष जयराम लामिछाने, बरिष्ठ उपाध्यक्ष बिष्णुभाइ श्रेष्ठ, उपाध्यक्षमा पेम्बा लामा, निकोलस पाण्डे, लक्ष्मण राना, निवाचन अधिकृत कृष्ण प्रसाद पोखरेल र निर्माण ब्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्माण ब्यवसायी संघका निबर्तमान अध्यक्ष जयराम लामिछाने र निवाचन अधिकृत कृष्ण प्रसाद पोखरेल लगायतले नव निर्वाचित पदाधिकारीहरु एबम सदस्यहरुलाई  प्रमाण पत्र वितरण र  सफल कार्यकालको शुभकामना दिएका थिए ।

उपत्यका निर्माण ब्यवसायी संघको साउन ३१ गते भएको निर्वाचनबाट अध्यक्षः बालकृष्ण थापा, बरिष्ठ उपाध्यक्षः कृष्ण प्रसाद गौतम, प्रथम उपाध्यक्षः कविन्द्र महर्जन, दितिय उपाध्यक्षः बासु खड्का, महासचिवः शान्त कुमार श्रेष्ठ, सचिबः इश्वरराज पन्त, कोषाध्यक्षः तिलकबहादुर लामा, सह-कोषाध्यक्षः मनोज श्रेष्ठ, सदस्यहरुः संजिव शाक्य, कृष्ण के.सी. क्रिस, पूर्ण बहादुर तामाङ, भक्त लामा, राजाराम चौधरी, टिकाराम सुबेदी, चन्द्र कुमार वाईवा, राजन श्रेष्ठ, राजन गौतम, रुकेश महर्जन र महिला सदस्य राधिका बोहरा निर्वाचित भएका थिए ।

कार्यक्रम पछि नव निर्वाचित अध्यक्षः बालकृष्ण थापाले आफु निर्माण ब्यवसायमा भएका समस्याहरुको निराकरण गर्न, निर्माण ब्यवसायीहरुको हकहितका लागी सधै लागिरहने र निर्वाचनमा पराजित भएका साथीहरुलाई पनि सगै समेटेर लाने बताएका थिए भने निर्माण ब्यवसायमा नयाँ आउने युवा साथीहरुलाई निराश हुन नदिने बातावरण बनाउने र आगामी दिनमा निर्माण ब्यवसायलाई मर्यादित बनाउन आफु सधै लागी पर्ने उपत्यका निर्माण ब्यवसायी संघमा पहिलो पटक निर्वाचित सदस्य राजन गौतमले बताए ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...