Loading...

इजरायलको हाइफामा रहेका नेपालीहरुले धुमधामसँग मनाए तीज

Published Date: August 22, 2017

ए1न्यूज इजरायल

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलको उत्तरी भेग हाईफा क्षेत्रमा रहेका नेपाली दिदिवहिनीहरूले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा विशेष कार्यक्रमको आयोजना गरी तीजको दर तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी तीज मनाएका छन् ।

अगष्ट महिनाको १३ तारिख का दिन नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७४ को पावन अवसरमा इजरायलको लागि पर्यटन तथा सांस्कृति सद्भावना दूत भगवती बस्नेतको संयोजकत्वमा,अर्चना पिराकोटीको सह-संयोजकत्व तथा एन आर एन इजरायलका आइसिसी सदस्य सुवास खरेलज्यूको सहयोग लगायत हाइफावासी सम्पूर्ण दिदी बहिनी दाजुभाईहरुको सक्रियतामा ‘हाइफा तीज उत्सब’ कार्यक्रम सम्पन्न भएको छ ।  तीज आउन करिव १० दिन वाँकी छँदै त्यस क्षेत्रका दिदीवहिनीहरुले आफ्नो कामको अनुकुलता हेरी तीज अगावै विशेष कार्यक्रमको आयोजना गरी तीज मनाएका हुन् । बाढी पहिरोले देश दुखेको बेलामा पनि आफ्नो संस्कृति परम्परालाई पछ्याउदै दुखि पिडितको लागि रकम संकलन गर्दै तीज कार्यकम सम्पन्न भएको हो ।

औपचारिक र अनौपचारिक गरी दुई चरणमा विभाजित गरिएको उक्त कार्यक्रमको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा इजरायलका लागि नेपाली राजदुत महामहिम राजदूत निरन्जन कुमार थापा साथमा   राजदुत पत्नी निर्मला थापाज्यु हुनुहुन्थ्यो भने कार्यकमको सभापतित्व इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावनादूत भगवती बस्नेतले गर्नु भएको थियो ।  बिशिष्ठ अतिथिहरुमा, राजदुतावासकी द्वितीय सचिव आस्था सुब्बा , एन आर एन इजरायलका आइसीसी सदस्य सुवास खरेल, हुनुहुन्थ्यो भने अतिथिहरुमा जन सम्पर्क समिति इजरायलका उपाध्यक्ष राजन खनाल, अनेसास इजरायलका पुर्व अध्यक्ष कृष्णपक्ष थापा ,नेपाली साइकल यात्रीहरु दिलिप क्षेत्री अनिश ढकाल र निर्मल बराल हुनुहुन्थ्यो । कार्यकम मा संचारकर्मीहरु स लगायतका दाजुभाईहरुको पनि उपस्थिति रहेको थियो ।

णेश धुनबाटशुरुवात गरिएको उक्त  कार्यक्रममामा स्वागत मन्तब्य राख्नुहुदै  अर्चना पिराकोटिले उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन ।  कार्यकममा आफ्नो सारगर्भिक मन्तब्य व्यक्त गर्ने क्रममा राजदुतज्युले आफूहरु तेलअभिवमा भए पनि हाइफावासीहरुको सम्पर्कमा रहिरहेको बताउनुहुदैआज तीज कार्यकम हाइफामा आयोजना गरेर हामीलाई पनि यहाँ उपस्थित हुने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्नुभएको थियो । राजदूत थापाले तीज पर्वको महिमा बारे प्रकाश पार्दै भगवान शिवजीलाई सम्झेर आफ्नो परिवार र देशको भलो होस् भनेर मनाईने तीज देशको सांस्कृतिक पर्वहरुको प्रतिविम्व भएको बताउनुभयो ।

शुभकामना मन्तब्य राख्दै राजन खनालजी सम्पूर्ण दिदी बहिनीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसै गरि शुभकमान व्यक्त गर्दै एनआरएनए इजरायलका आइसीसी सदस्य सुवास खरेलले प्रत्येक बर्ष नेपाली चेलिवेटीहरुलाई सहभागी गराएर यो चाड मनाउने गरेको स्मरण गर्दै यो बर्ष पनि चेली र माइतीको सम्झना गराउने गरी उपस्थित भएर तीज मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । त्यस्तै अनेसासका पुर्व अध्यक्ष कृष्ण पक्ष थापाले दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै हामी क्रमश सबै इजरायलीवासी नेपालीहरु घर फर्किन्छौ । तर हामी संग रहने भनेको हामी बीचको आपसी सद्भाव , माया प्रेम यस्तै कार्यक्रमहरु नै जीवनमा सम्झना भएर बस्नेछन् भन्दै इजरायल आएको पहिलो पल्ट हाइफा आएको थिए अहिले संयोगले जाने बेलामा यस कार्यकममा उपस्थित हुन् पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

औपचारिक कार्यकमको समापन गर्दै कार्यकमकि सभापति भगवती बस्नेतले आफ्नो अमुल्य समयको वाबजुध पनि कार्यकममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गर्नु भयो ! तीजको लहार आयो बरिलै गीत बजाएर अनौपचारिक कार्यकमको शुरुवात भएको थियो ।

हरितालिका तीज विशेष विभिन्न गीत संगितको गुञ्जनको तालमा तीजका दिदीबहिनी मन खोलेर नाचेका थिए । अर्को साल कहाँ हौली ठुली बोलको गीतमा सरिता सापकोटा कृष्ण अधिकारि , भगवती बस्नेत र साथीहरुले नृत्य गर्नु भएको थियो । अहिलेको तीज बोलको गीतमा अर्चना पिरकोटि हेमा गुरुङ कमला गुरुङले नृत्य गर्नु भएको थियो । आयो तीजैको लहर मा संगीता आचार्यले नृत्य गर्नु भएको थियो । कार्यकम TASHKENT हनबिम ३२, हदारमा गरिएको थियो । नाँचगान सहित दरको व्यवस्था पनि गरिएको थियो। कार्यक्रम संचालन गौरी शर्मा र सीता अधिकारीले गर्नु भएको थियो   ।

कार्यक्रममा पर्यटन प्रवर्धनको लागि प्लिज भिजीट नेपाल भनेर लेखिएको ब्यानर पनि टाँसिएको थियो ।

दिउसो २ बजेदेखि शुरुभएको उक्त कार्यक्रम साँझको ६ बजेसम्म चलेको थियो ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...